बुधबार, ७ भदौ २०७४
DainikNepal.com
बुधबार, ७ भदौ २०७४

सत्यसाइलाई केभीकेएसएस कपको उपाधि

दैनिक नेपाल २०७४ साउन २६ गते ७:५०

काठमाडौं, २६ साउन । सत्यसाइ बाबा स्कुलले केभीकेएसएस कप अन्तरविद्यालय सिक्स ए साइड जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।

टोखास्थित आयोजक काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) को मैदानमा भएको फाइनलमा सत्यसाइले त्रिनेत्र विद्या निकेतनलाई २–० गोलले पराजित ग-यो । त्यसअघि सेमिफाइनलमा सत्यसाइले रिम्स तथा त्रिनेत्रले रातो बंगला ‘बी’ लाई हराउदै उपाधि भिडन्त पक्का गरेका हुन् ।

मेरिट फुटबल ट्रेनिङ सेन्टरको सहयोग तथा कौशल काष्ठ उद्योग र कृश प्लाइ हाउसको सह–प्रायोजनमा भएको प्रतियोगितामा रिम्सका नोर्बु तामाङ उत्कृष्ट खेलाडी चुनिए । केभीकेएसएसले अनुशासित टिमको उपाधि हात पा-यो ।

विजेतालाई अखिल नेपाल फुटबल संघका सदस्य एवं फुटसल कमिटीका अध्यक्ष रमेश रायमाझी, केभीकेएसएसका अध्यक्ष रोहित मास्केलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । तीनदिने प्रतियोगितामा १९ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित