सोमबार, ६ कार्तिक २०७४
DainikNepal.com
सोमबार, ६ कार्तिक २०७४

एमए पढ्ने छात्रासँग कक्षा कोठामै यौन हर्कत गरेपछि आरआर क्याम्पसका प्राचार्य खोरमा

दैनिक नेपाल २०७४ साउन २५ गते १३:४९

काठमाडौं । कुनै यौनविचलन त कतै प्रश्नपत्र दोहोरिने काण्डका कारण भृकुटीमण्डपतिर बबाल छ । पत्रकारीताको जननी मानिने रत्नराज्यलक्ष्मी कलेजका एक प्राचार्य आफ्नै छात्रासँग यौन प्रस्ताव राखेको आरोपमा सातादेखि प्रहरी कस्टडीमा छन् ।

नेपाल मानविकी क्याम्पसका प्राचार्य विष्णुप्रसाद आचार्य एमए तहमा अध्ययनरत छात्रामाथि १२ साउनमा क्याम्पसकै कक्षा कोठामा एक्लै भएको मौका छोपी दूराचार गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखामा १८ साउनदेखि थुनिएका छन ।

प्राध्यापक कतिसम्म गैरजिम्मेवार र लापरवाह छन भन्ने अर्को उदाहरण भेटिएका छ नेपाल ल क्याम्पसमा । सो कलेजमा हालै सम्पन्न प्रि बोर्ड परीक्षामा गडबडी भेटिएको छ । बिए/एलएलबी चौथो वर्षको परीक्षमा त्रिबिकै प्रश्नपत्र कपी गरिएको विद्यार्थीको गुनासो छ । त्रिभुवन विश्वविद्यालयको श्रम कानुन र पारिवारिक कानुन बाट कपी हालै मात्र नेपाल ल कलेजले लिएको प्रशासन कानुनतर्फ प्रि बोर्ड परीक्षामा अधिकांश प्रश्नपत्र कपी गरिएको फोला परेपछि विद्यार्थीले यो विषयमा पनि कुरा उठाएका हुन् । –जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
सम्बन्धित