बुधबार, ७ भदौ २०७४
DainikNepal.com
बुधबार, ७ भदौ २०७४

स्विमिङ कस्टयुम लगाएकी सेनाजले बोलाइन पौडी खेल्न

दैनिक नेपाल २०७४ साउन २५ गते ७:३०

मुम्बई । अभिनेत्री सेनाज ट्रेजरीले हालै इन्स्ट्राग्राममार्फत आफ्नो निकै हट फोटो सेयर गरेकी छिन् । फोटोमा उनी कालो रंगको स्विमिङ कस्टयुममा देखिएकी छिन् ।

समुद्रबीचमा रहेको वाटर भिल्लामा देखिएकी उनले ‘मालदीपबाट मेरो गुड आफ्टरनुन ! मेरो वाटर भिल्ला सीधै समुद्रमा खुल्छ । कोही स्विमिङ गर्न आउन चाहन्छ ?’ भनेर लेखेकी छिन् ।

हालै प्रदर्शन भएको टाइगर श्राफको मुन्ना माइकल फिल्ममा एंकरको छोटो भूमिकामा देखिएकी सेनाज अचेल निकै खुल्न थालेकी छिन् ।

हलिउडको फिल्म ‘द बिग सिक’मा छोटो भूमिका निर्वाह गरेकी उनले ‘ब्राउन नेसन र वन लाइफ टु लाइफ’ नामक टेलिसिरियलमा समेत अभिनय गरेकी छिन् ।

सेनाज हिरोइन भएको फिल्म कालाकन्डी ८ सेप्टेम्बरमा रिलिज हुँदै छ । त्यो फिल्ममा सेनाजले सैफअली खान र अक्षय ओबरायका साथ अभिनय गरेकी छिन् । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित