सोमबार, ६ कार्तिक २०७४
DainikNepal.com
सोमबार, ६ कार्तिक २०७४

नर्वे कपमा सहभागी नेपाली टोली स्वदेश फर्कियो

दैनिक नेपाल २०७४ साउन २४ गते ७:१३

काठमाडौं, २४ साउन । नर्वेको राजधानी ओस्लामा सम्पन्न नर्वे कप फुटबल– २०१७ मा ३ जीत र २ हार निकालेको जुनियर नेपाली छात्र टोली स्वदेश फर्केको छ ।

उनीहरुलाई जेएफएका अध्यक्ष रिजन खड्काले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । विश्वका जुनियर फुटबलरलाई मध्यनजर गरेर आयोजना गरिएको नर्वे कपमा विभिन्न विद्यालय खेलाडी सम्मेलित टिमले यू–१३ र यू–१६ उमेरसमूहमा सहभागिता जनाएको थिए । प्रतियोगिता गत जुलाई २८ देखि ५ अगस्टसम्म भएको थियो ।

टोलीका मुख्य प्रशिक्षकसमेत रहेका जुनियर फुटबल एकेडेमीका संस्थापक प्रज्वल प्रतिप क्षत्रीले भने ‘हाम्रो र अन्य देशका जुनियर फुटबलरले खेल्ने शैली खासै फरक छैन् । तर, हामी फिजिकल रुपमा निकै कमजोर छौँ । त्यसैले हामीले लिग चरण पार गर्न सकेनौँ ।’

सेभेन ‘ए’ साइडमा खेलाइएको नर्वेकपमा कुल ७९ राष्ट्रका खेलाडी, प्रशिक्षक र अफिसियल गरी ४५ हजारको सहभागीता रहेको प्रशिक्षक क्षत्रीले बताए ।

टोलीको सहायक प्रशिक्षकहरु अमित खड्का र प्रमोद पाण्डे तथा टीम व्यवस्थापकमा सुमन तिमल्सिनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित