सोमबार, ६ कार्तिक २०७४
DainikNepal.com
सोमबार, ६ कार्तिक २०७४

यी नायिकाले दैनिक खर्च जुटाउन यस्तो काम गर्थिन्

दैनिक नेपाल २०७४ साउन १४ गते ७:४२

मुम्बई । चलचित्र फेशन (२००८) बाट बलिउडमा डेब्यू गरेकी मुग्धा गोड्से अचेल चर्चाको शिखरमा छिन् । कुनै बेला यी कलाकार पेट्रोल पम्पमा तेल बेच्ने गर्थिन ।

पुनाको मारठवाणा मित्रा मण्डल कलेजबाट वाणिज्यमा स्नातक गरेकी मुग्धाको प्रिय विषय भने अर्थशास्त्र थियो । अर्थशास्त्रको कक्षा कहिल्यै नछोडेको बताउने मुग्धा अभिनयसँग जोडिनु अघि मोडलिङ गर्थिन् ।

मोडलिङमा जानु अघि दैनिक खर्च चलाउन उनले पेट्रोल पम्पमा सेल्सगर्लका रुपमा काम गरेकी थिइन । उक्त जागिरमा उनले दैनिक भारतीय एक सय रुपैयाँ कमाउने गरेको उनले बताईन ।

२६ वर्ष पुगेकी मुग्दालाई सन् २००२ मा पहिलो सफलता ग्लेडरेग्स मेगा माडल हन्टबाट मिल्यो । यसपछि उनी चर्चामा आइन । सोही वर्ष उनलाई बेष्ट मोडल र मिस इण्डियामा नेशनल कष्ट्यूमको उपाधि पनि हात प-यो ।

त्यति बेलै मुग्धा फेमिना मिस इण्डिया प्रतियोगिताको सेमी फाइनलिष्ट बनेकी थिइन । मोडलिङमा चर्चा कमाएको बेला उनले बलिउडको संसारमा प्रवेश गरेकी थिइन । यसअघि फेसन, अल दी बेस्टजस्ता बीग बजेट फिल्ममा अभिनय गरेकी मुग्धाले भोजपुरी फिल्म पनि खेलेकी छन् । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित