शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

सोमलालको यात्रा सरकारको गाईजात्रा !

जम्बला लामा २०७४ साउन ५ गते १७:१७

लेखक

मन्त्रिपरिषद्को निर्णय बुद्धि भएर सुद्धि नभएको जस्तै कान भएर नसुने जस्तो गर्ने र आँखा भएर नदेखे जस्तोगरी राष्ट्रको कर्मचारी र जनतालाई धोका दिएर सोमलालको दवाव अर्थात पूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्कीको दवाव परेजस्तो गरी एक जना कर्मचारीलाई दुबै हातमा लड्डु भनेझै राजीनामा गराउनुको सट्टा सोमलाललाई फिलिपिन्सको मनीलामा एडिबी अर्थात एसियाली विकास बैंकको जागिरमा नियुक्ति गरेकोमा नेपाल राष्ट्रको मात्र अपमान होइन स्वयं मन्त्रिपरिषद र प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको नै ठूलो अपमान हो । अतः यस विषयमा राष्ट्रमा ठूलो हल्ला मात्र चलेको छैन । यो त आर्थिकको ठूलो चलखेल हो भन्ने सामाजिक सञ्जालमा मात्र होइन, राष्ट्रव्यापी हल्ला मच्चेको खबरहरु पढ्न पाए । प्रथमतः सोमलाल सुवेदीको नेपालको कर्मचारीमा प्रतिष्ठित पद मुख्यसचिव पदबहाली अझैपनि एक वर्ष बाँकी नै छ । तर यी विद्धान व्यक्तिहरु पनि धन भनेपछी उनीजस्तो व्यक्ति पैसामा नै र्याल चुहाई मुख्य सचिव जस्तो व्यक्तिले सहसचिव सरहको पदमा विदेशमा जागिर खान जाने भनेको सोमलाललाई पद भन्दापनि धन नै ठूलो हो भन्ने देखिएको छ ।

लौ भन्नुहोस् जनता र सम्पूर्ण कर्मचारी ठूलो की सोमलाल सुवेदी ठूलो ? प्रधामन्त्री देउवा र सत्ता साँझेदार प्रचण्डज्यूले २ करोड ८० लाख जनताको प्रश्नको जवाफ दिनैपर्छ । बुद्धि भएर सुद्धि नभएको मन्त्रिपरिषदको पनि यसमा ठूलो दोष छ ।

साथै सोमलालको चलाखीमा हाम्रो मन्त्रिपरिषद् र प्रधानमन्त्री देउवा कसरी फस्यो ? कि त अब २ नम्बर प्रदेशका निर्वाचनमा सोमलाल सुवेदीको सहयोगमा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई आउदो असोज २ गतेको स्थानीय तहको तेस्रो चरणको चुनावमा बहुमत ल्याएर कांग्रेस प्रथम र माओवादी दोस्रो स्थान जिताउने ठेक्का लिएको होकी भन्ने जनविचारहरु आएको छ । नत्र मुख्य सचिव पदलाई राजीनामा नदिईकन थातिमा राखी सोमलालले कसरी सहसचिवको पद नियुक्ति पायो । यो सम्पूर्ण राष्ट्रको कर्मचारी र जनतालाई नै वेवकुफ बनाएको त होइन सरकारले ? अर्थात सरकार र मन्त्रिपरिषद्को आँखा भएर अन्धो भएको कारणले सरकार, मात्र एकजना कर्मचारीको भविष्य बनाउनेतर्फ लाग्छ ? भनाइको मतलब साफ छः कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्ड दाहालले आफ्नो पार्टी आउदो प्रदेशिका र केन्द्र संसदको निर्वाचनमा यी दुई पार्टी सोमलाल सुवेदीले भोट हालेर कतै बहुमत सरकार बनाउनको लागि कति आर्थिक बोल कबोल भएको होला ? त्यो भाषा उनीहरु तीन जना नै जानुन अर्थात प्रचण्ड दाहाल, शेरबहादुर देउवा र सोमलाल सुवेदी । मनिलामा सोमलालले एक महिनाको तलब नेपाली रुपैयाँमा १० लाख पाउने भन्ने छ । सोही कारण शेरबहादुर देउवा र प्रचण्ड दाहालले बिना राजीनामा नै उनलाई मनिला पठाउने निर्णय गरेको समाचारमा सुने ।

तर, कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्ड दाहाललाई गएको निर्वाचनको अन्दाज नै थाहा नभएको जस्तोगरी फेरिपनि उनीहरुले एक जना कर्मचारीको भविष्यमा मात्र ध्यान दिनु भनेको देउवाले आफ्नो पद र पार्टीलाई नै र प्रचण्ड दाहालले पनि आफ्नो पार्टीको मान सम्मानको ख्यालै नगरी देशको जनता प्रतिपक्षी दल र सम्पूर्ण कर्मचारीहरुलाई धोका दिएको बुझिन्छ । के यो जवाफ दिनको लागि प्रधानमन्त्री देउवा तयार हुन्छन् ? जवाफको प्रतिक्षामै छौं ।

लौ भन्नुहोस् जनसमूदाय र सम्पूर्ण कर्मचारी ठूलो की सोमलाल सुवेदी ठूलो । प्रधामन्त्री देउवा र गठवन्धनको एक हिस्सा भएको अध्यक्ष पुष्पकमल दाहालज्यूलाई २ करोड ८० लाख जनसमुदायको प्रश्न छ । यसमा पनि जवाफको अपेक्षा गर्दछौं । बुद्धि भएर सुद्धि नभएको मन्त्रिपरिषदको पनि यसमा ठूलो दोष छ । सोमलालको यात्रा मन्त्रिपरिषदको यात्रा कही नभएको हाडी गाउँमा ।

(लेखक बौद्ध जागरण केन्द्र तथा स्तुपा फाउण्डेशनका केन्द्रिय सदस्य हुन् ।)

प्रतिक्रिया
सम्बन्धित