सोमबार, ९ साउन २०७४
DainikNepal.com
सोमबार, ९ साउन २०७४

वडा प्रहरी कार्यालय परिसरमा वृक्षरोपण

दैनिक नेपाल २०७४ साउन २ गते १५:२६

– सीताराम चौधरी

चन्द्रौटा (कपिलवस्तु), २ साउन । वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तु परिसरमा सोमबार विहान वृक्षरोपण गरिएको छ । वृक्षरोपण गरी वातावरण संरक्षणमा थप टेवा पु¥याउन तथा स्वच्छ, सुन्दर र हराभरा वातावरण बनाउन वृक्षारोपण गरिएको हो । कार्यालय प्रमुख प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले बिरुवा रोपेर वृक्षारोपणको शुरुवात गर्नुभएको थियो ।

वृक्षरोपणले प्राकृतिक सुन्दरताका साथै प्रहरी परिसरको वातावणीय संरक्षणमा ठूलो सहयोग पुग्ने प्रहरी निरीक्षक भट्टराईले विश्वास व्यक्त गर्नुभयो । टिक, मसला, सतिसाल, आँप, लिची लगायतका दुई सय ५० बिरुवा रोपिएको कार्यालय प्रमुख भट्टराईले बताउनुभयो । चन्द्रौटा सेक्टर वन कार्यालयको सहयोगमा वृक्षरोपण गरिएको उहाँकोे भनाई छ ।

वृक्षरोपण कार्यक्रममा प्रहरी निरीक्षक सहित प्रहरी नायब निरीक्षक, सहायक प्रहरी निरीक्षक, प्रहरी हवल्दार तथा प्रहरी जवानहरुको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित