शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

जनप्रतिनिधिलाई अटो इन्जिनियरिङ एशोसियनद्वारा स्वागत तथा सम्मान

दैनिक नेपाल २०७४ साउन २ गते १४:१७

– सीताराम चौधरी

चन्द्रौटा (कपिलवस्तु), २ साउन । कपिलवस्तु अटो इन्जिनियरिङ एशोसियसन चन्द्रौटाले शिवराज नगरपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत र सम्मान गरेको छ ।

एशोसियसनले सोमबार विहान एक कार्यक्रमको आयोजना गरी नव निर्वाचित नगरप्रमुख, उपप्रमुख तथा वडा नं. ५ का जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । भव्य कार्यक्रमका बीच एशोसियसनका अध्यक्ष टिपी बर्माले नगरप्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिवकुमारी चौधरी, वडा ५ का वडाध्यक्ष अर्जुन बहादुर पाण्डेय तथा सदस्यहरु शान्ता सेन, खगी सुनार, जैस मोहम्मद मिया र धनिराम चौधरीलाई टीका र मालाले स्वागत र सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा नगरप्रमुख नेत्रराज अधिकारीले अटो इन्जिनियरिङ व्यवसायीहरुको पेशागत सुरक्षाका लागि आफ्नो सम्पूर्ण टिमको पूर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता जाहेर गर्नुभयो । अटो इन्जिनियरिङ एशोसियसनले विदेशिने सयौं युवाहरुलाई स्वरोजगार बनाउनमा ठूलो भूमिका खेलेकोमा धन्यबाद दिंदै आफै सधैं सहयात्री भएर अगाडि बढ्ने बताउनुभयो ।

वडाध्यक्ष अर्जुनबहादुर पाण्डेयले आफू यातायात व्यवसायी भएर काम गरेको लामो अनुभव भएको सुनाउँदै यातायात व्यवसायी र अटो इन्जिनियरिङ वक्र्सबीच नङ र मासुको सम्बन्ध रहेको औल्याउनुभयो । आफूले अटो इन्जिनियरिङ व्यवसायीसँगै सहकार्य गरी काम गर्दै आएकाले यसलाई सधैं प्रगाढ सम्बन्ध बनाउन पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

कार्यक्रममा अटो इन्जिनियरिङ एशोसियसन चन्द्रौटाका अध्यक्ष टिपी बर्माले नव निर्वाचित जनप्रतिनिधिहरुको कार्यसफलताको शुभकामना दिंदै हरेक नागरिकले महसुस हुनेगरी काम गर्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित