सोमबार, ९ साउन २०७४
DainikNepal.com
सोमबार, ९ साउन २०७४

दुई नं. प्रदेशमा एमाले एक नं. पार्टी बन्छ : पौडेल

दैनिक नेपाल २०७४ साउन २ गते ९:५२


काठमाडौं, २ साउन । नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले दुई नं. प्रदेशमा आफूहरूको ध्यान केन्द्रित रहेको बताउनु भएको छ ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता पौडेलले असोज २ गते दुई नं. प्रदेशमा हुने तेस्रो चरणको स्थानीय चुनावमा पहिलो पार्टी बन्ने बताउनुभयो ।

‘दुई नं. प्रदेशमा पनि एमाले पहिलो पार्टी बन्छ’, उहाँले भन्नुभयो, ‘एमालेको पक्षमा जनलहर आएको छ । एमालेले आफ्नो ध्यान २ नं. प्रदेशमा केन्द्र गरेका छौँ ।’

कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टीलाई चुनावमा आउन नदिने ष्डाड्यन्त्रमा लागेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘एमालेलाई देखाएर कांग्रेसले राजपा नेपाललाई स्थानीय तहको तेस्रो चरणको चुनावमा पनि बाहिर राख्ने प्रयास गरेको छ ।’

उहाँले आवश्यक परे दुई नं. प्रदेशमा कांग्रेसबाहेकका दलहरूसँग चुनावी तालमेल गर्न तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित