शुक्रबार, ६ असोज २०७४
DainikNepal.com
शुक्रबार, ६ असोज २०७४

ठमेलमा नयाँ रेष्टुराँ खुल्यो

दैनिक नेपाल २०७४ साउन २ गते ९:३७

काठमाडौँ, २ साउन । नेपालको प्रमुख पर्यटकीयस्थल राजधानीको ठमेलको प्रवेशद्वारमा नै ओजी लाउन्ज नामको आधुनिक रेष्टुराँ एण्ड डिस्को सञ्चालनमा आएको छ ।

सो रेष्टुराँको आइतबार साँझ शुभारम्भ गर्दै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले ठमेल अन्तराष्ट्रियस्तरकै पर्यटकीय केन्द्र भएकाले यस रेष्टुराँले पर्यटकलाई थप सुविधा र मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आर्थिक समृद्धिका लागि पर्यटन प्रवद्र्धन गरी युवावर्गलाई रोजगारी दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

रेष्टुराँका सञ्चालक दिनेश श्रेष्ठले पारिवारिक वातावरणमा स्वच्छ मनोरञ्जन र स्वादिलो खानाको सुविधाका लागि रेष्टुराँले सेवा दिने बताउनुभयो ।

७० जना ग्राहकको क्षमता रहेको सो रेष्टुराँमा गीत–सङ्गीत, दुई तलामा लाइभ वार, स्पोर्ट वार, विभिन्न परिकारका खानाको सुविधा रहेको र मध्यमवर्गले समेत सुविधा लिन सक्ने मूल्य राखिएको बताइएको छ । रासस 

प्रतिक्रिया
सम्बन्धित