शुक्रबार, ६ असोज २०७४
DainikNepal.com
शुक्रबार, ६ असोज २०७४

गुल्मीमा ८८ प्रतिशत बजेट खर्च

दैनिक नेपाल २०७४ साउन २ गते ९:३१

– अनिल खत्री

गुल्मी, २ साउन । गुल्मीमा आर्थिक वर्ष २०७३/०७४ मा चालुतर्फ ९४ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका अनुसार पुँजीगततर्फ ८८ दशमलव ९० प्रतिशत खर्च भएको छ ।

कार्यालयले जिल्लाका ६३ वटा सरकारी कार्यालयको कुल बजेट दुई अर्व ५२ करोड चार लाख ४० हजार सात सय ८१ रहेको जनाएको छ ।

जसमा दुई अर्ब ४४ करोड ११ लाख २१ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय गुल्मीले जनाएको छ ।

गत बर्ष एक अर्व १५ करोड ९३ लाख ८३ हजार पाँच सय पुँजीगत बजेटमा ९१ प्रतिशत अर्थात एक अर्ब छ करोड ५२ लाख पाँच हजार ६७ खर्च भएको थियो ।

यो प्रतिशत नेपालकै तुलनामा बढि छ । नेपालमा ६५ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ ।

त्यस्तै चालु तर्फ यो बर्ष पुँजीगत भन्दा छ प्रतिशत बढि खर्च भएको छ । जिल्लामा चालु तर्फ ४ अरब २६ करोड ९० लाख ९० हजार ४ सय ६० रुपया छुटाइएको थियो ।

जस मध्ये ४ अरब १६ करोड ६४ लाख ९ हजार ६ सय ७९ रुपया खर्च भएको कोष तथा लेखा नियन्त्रक शसिन्द्र खातीले जानकारी दिए ।

चालु तर्फ कुल बजेट मध्ये २५ करोड २४ लाख ४० हजार ७ सय ८१ रुपया फ्रिज भएको छ । कुल बजेटको ५ दशमलभ ९१ प्रतिशत खर्च हुन बाँकी रकम रहेको छ ।

जिल्लामा पूँजिगत तर्फ २ अरब ४४ करोड ११ लाख १ हजार रुपया कुल बजेट मध्ये २ अरब १७ करोड ३६ लाख ५ हजार ५ सय ५८ रुपया खर्च भएको छ ।

कुल बजेट मध्ये जिल्लामा यो वर्ष २७ करोड ७ लाख ५५ हजार ४ सय ४१ रुपया फ्रिज भएको नियन्त्रक खातीले जानकारी दिए । कुल बजेट मध्ये ११ दशमलव ०९ प्रतिशत रकम खर्च हुनबाँकी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित