शुक्रबार, ६ असोज २०७४
DainikNepal.com
शुक्रबार, ६ असोज २०७४

प्रचण्ड सरकारका एक मन्त्रीको यस्तो ‘चर्तिकला’

दैनिक नेपाल २०७४ साउन २ गते ६:३६


काठमाडौं, २ साउन । गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरूले मन्त्री क्वाटर छोडे पनि पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने अझै मन्त्री क्वार्टर छोडेका छैनन् ।

मन्त्रीबाट हटेपछि उनी बसेको ‘भी फाइब’को क्वार्टरमा सामान राख्नुका साथै साँचो समेत आफै लिएर हिँड्ने गरेका छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

नेपाल फोरम लोकतान्त्रिकका उपाध्यक्षसमेत रहेका देवले पुनः मन्त्री हुने आशा राख्दै मन्त्री क्वार्टरबाट आफ्नो सामान सार्नुभएको छैन ।

प्रतिक्रिया
सम्बन्धित