शुक्रबार, ६ असोज २०७४
DainikNepal.com
शुक्रबार, ६ असोज २०७४

बामदेवकै कारण प्यूठानमा एमालेलाई नोक्सान, बामदेवको गफले के-के भयो ?

दैनिक नेपाल २०७४ साउन १ गते ११:४०

प्यूठान, १ साउन । नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष बामदेव गौतमको पुरानो गृहनगर प्यूठान नगरपालिकामा पराजय व्यहोर्दै जिल्लामा एमालेले स्थानीय तहमा निराशाजनक चुनावी परिणाम हात पारेपछि यतिबेला बहसको विषय बनेको छ । जिल्लाको राजनीतिमा ‘बामदेवकै इशारा चल्छ’ भन्ने धेरैमा भ्रम छ । भर्खरै सम्पन्न निर्वाचनको परिणामपछि .बामदेव पक्षधरका जिल्ला नेताहरुको कार्यक्षमता र कार्यशैली माथी नै धेरैले प्रश्न तेर्साउन थालेका छन् ।

पार्टीको बलियो पकड भनिएका क्षेत्रमा समेत एमालेले हार व्यहोरेको छ । विगतका निर्वाचनमा एमालेले जित्दै आएका ‘गढ’ ‘गर्लयाम्गुर्लुम’ ढलेका छन् ।

प्यूठानमा २ नगरपालिकासहित ९ स्थानीय तह छन । जसमध्ये एमालेले ३ स्थानीय तहमात्र जितेको छ । यद्यपी २४ वटा वार्ड र ४ उपप्रमुख जित्दै यसपाली पनि एमाले जिल्लाको पहिलो शतिm बन्नबाट पछि परेन । तर, एमालेलाई यो परिणाम सन्तोषजनक भने होइन । चुनावको मुखैमा आउँदासम्म पार्टीको जिल्ला नेतृत्व तालमेलको डौडधुपमा लाग्दा एमालेले सोचे अनुसार नतिजा हात पार्न नसकेको नेता कार्यकर्ताहरु बताउँछन् । पार्टीको जिल्ला नेतृत्वले उम्मेदवार छनौट गर्दा संस्थागत निर्णय, जिल्ला स्तरीय भेला, योजनावद्ध चुनावी रणनीति लगायत कुरामा ध्यान नदिँदा पार्टीले सोचे अनुसार नतिजा हाता पार्न नसकेको हो । पार्टीको बलियो पकड भनिएका क्षेत्रमा समेत उसले हार व्यहोरेको छ । विगतका निर्वाचनमा एमालेले जित्दै आएका ‘गढ’ ‘गर्लयाम्गुर्लुम’ ढलेका छन् ।

एमाले प्यूठानका लागि अर्को दुःखद पक्ष उत्तरी प्यूठानमा पकड भनिएका स्थानीय तहमा काग्रेसले चारतारे झण्डा फहरायो । सधैँभरी एमालेले जित्दैँ आएको नौवहिनी, गौमुखी गाउँपालिकामा काँग्रेसले विजयी हासिल गरेको छ । एमालेकै राम्रोक्षेत्र मानिने ऐरावतीमा समेत गरी काँग्रेसले जिल्लाका ३ स्थानीय तहमा विजयी हासिल गरेको हो । २०७० सालको संविधानसभा निर्वाचनमा चौँथो शक्तिको रुपमा रहेको काँग्रेसले यसपालि राष्ट्रिय जनमोर्चा र माओबादी केन्द्रलाई उछिन्दै दोश्रो शक्तिमा आफ्नो पहिचान बनाएको छ । आगामी प्रदेश र केन्द्रिय तहको निर्वाचनमा समेत काँग्रेस र एमाले बीचनै कडा टक्कर हुने धेरैले आँकलन गरेका छन् ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा प्यूठान क्षेत्र नम्वर १ का सांसद् समेत रहेका बामदेव गौतम जिल्लाका जुन जुन स्थानमा सम्वोधनका लागि पुगे, त्यहीँ नै यसपटक एमालेले हार व्यहोर्नुपर्यो ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा प्यूठान क्षेत्र नम्वर १ का सांसद् समेत रहेका बामदेव गौतम जिल्लाका जुन जुन स्थानमा सम्वोधनका लागि पुगे, त्यहीँ नै यसपटक एमालेले हार व्यहोर्नुपर्यो । बामदेव पुगेका नौबहिनी गाउँपालिकाको पुरै नेतृत्व र प्यूठान नगरपालिकामा प्रमुख पद गुमाउनु परेको छ । यसले गर्दा समेत बामदेवको जनाआधार जिल्लामा गुम्दै गएको धेरैले विश्लेषण गर्न थालेका छन् । जिल्लावासीले गौतमलाई ‘गफ मात्र गर्ने’ नेताको रुपमा समेत संज्ञा दिन थालेका छन् ।

दोस्रो संविधानसभा निर्वाचनमा प्यूठान क्षेत्र नम्वर १ बाट प्रत्यक्ष चुनाव जितेका सांसद्, पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका गौतमकै गृहस्थल प्यूठान नगरपालिकामा माओवादी केन्द्रले चुनाव जितेपछि गौतमप्रति धेरैले विश्वास गर्न छाडेका छन् । केन्द्रीय राजनीतिमा प्रभाव पार्नसक्ने नेताको रुपमा धेरैले हेर्ने गरेपनि उनकै ठाउँमा एमालेले हार व्यहोर्नु उनीप्रतिको विश्वास गुम्दै जानु स्पष्ट रुपमा देख्न सकिन्छ ।

एमाले जिल्ला अध्यक्ष समेत रहेका तुल्सीराम शर्मा माओबादी केन्द्रका नेता अर्जुनकुमार कक्षपतिसँग पराजित भएका छन् । उपमेयरमा भने एमालेकै नेतृ शान्ता आचार्य विजयी भएकी छिन् । बिना तालमेल एउटै चुनाव चिन्ह लिएर मैदानमा उत्रिएकामध्ये उपमेयरमा जित्नु र मेयरमा अध्यक्षले नै लज्जास्पद हार्नु पार्टीको जिल्ला नेतृत्वप्रति कार्यकर्ताको विश्वास गुम्नु भन्ने विश्लेषण गर्न सकिन्छ । क्षेत्र नम्वर २ मा का कुनै पनि स्थानीय तहमा एमालेले मुख्य पदमा जित्न सकेन । तर, केही वडामा जितेर उस्ले आफनो साख भने बचाएको छ । एमालेले जितेको सबै स्थानीय तह क्षेत्र नम्वर १ मा पर्छन् । उता व्यावस्थापिका संसद् धनबहादुर रायमाझीको गृहस्थल सरुमारानी १ मा काग्रेसले जितेर नयाँ इतिहास रच्यो ।

बामदेवका आश्वासनको असर

प्यूठान क्षेत्र नम्बर १ बाट चुनाव जितेर पार्टीको केन्द्रीय उपाध्यक्ष समेत रहेका गौतम उपप्रधान एवं गृहमन्त्री समेत भए । संविधानसभा निर्वाचनका समयमा उनले आमनागरीक सामु गरेका प्रतिवद्धता पूरा गर्नतर्फ ध्यान नदिँदा एमालेले जिल्लामा क्षती व्यहोर्नु परेको एमाले समर्थक कार्यकर्ताको बुझाई छ । गौतमले मतदातालाई प्रभावित पार्ने गरि दिएका विकास निर्माणका प्रलोभन पूरा नहुँदा अहिले उक्त आश्वासन ‘गलपासो’ सावित हुन पुगेको छ । बामदेवले चुनाव जित्न सार्वजनिक गरेका ३४ बुँदे सार्वजनिक प्रतिबद्धतापत्र बारे जिल्ला पार्टीभित्र र राजनीतिक वृतमा समेत ‘खोक्रा आश्वासन’ भनेर खिल्ली उडाउने गरिएको छ । गौतमले सार्वजनिक गरेका प्रतिवद्धता पूरा नगर्दा बिरोधीले यसैलाइ चुनाव जित्ने आधारपत्रका रुपमा नागरिकको घरदैलोमा पुर्याएका थिए ।

संविधानसभा निर्वाचनमा बामदेवका स्वकीय सचिव दाखाक्वाडी प्यूठान निवासी बिजय बिराज बिष्टले प्रहरी बनाइदिने भन्दै जिल्लाका कयौँ युवाहरुको ‘छाती नाप्दै’ हिँडेका थिए । विष्टले युवाहरुलाई प्रलोभन बाँढ्दै हिँडेपछि यसको असर यसपालिको निर्वाचनमा समेत पर्न गयो । दक्षिणी प्यूठानमा यसको असर प्रत्यक्ष रुपमा देखियो ।

संविधानसभा निर्वाचनमा बामदेवका स्वकीय सचिव दाखाक्वाडी प्यूठान निवासी बिजय बिराज बिष्टले प्रहरी बनाइदिने भन्दै जिल्लाका कयौँ युवाहरुको ‘छाती नाप्दै’ हिँडेका थिए । विष्टले युवाहरुलाई प्रलोभन बाँढ्दै हिँडेपछि यसको असर यसपालिको निर्वाचनमा समेत पर्न गयो । दक्षिणी प्यूठानमा यसको असर प्रत्यक्ष रुपमा देखियो । यस क्षेत्रका दुई सय बढी एमाले कार्यकर्ताले यसैका कारण पार्टी परित्याग गरेका छन् । बामदेव गौतम प्यूठान छिरेपछि जिल्ला पार्टीमा खैलाबैला मच्चिँदै आएको स्रोतले जनाएको छ ।

योजनाबिनानै चुनावमा

चुनावमा कार्यकर्ता परिचालनका लागि एमालेले ठोस योजना बनाएर अघि बढ्न नसक्नु नै उसका लागि पछुतोको विषय बनेको छ । चुनावको मुखसम्म पनि तालमेलमै अल्झिदा पार्टीलाई धेरै क्षति पुगेको धेरैको टिप्पणी छ । स्थानीय तहको निर्वाचनमा जिल्लाभित्र चुनावीसभा आयोजना गर्ने र केन्द्रीय नेताले भाषण गर्ने बाहेक अन्य कार्यक्रम जिल्ला नेतृत्वले दिन सकेन । स्पष्ट योजना र कार्यक्रम नहुँदा आम कार्यकर्ता परिचालित गर्न एमालेले सकेन जसको प्रभाव नतिजामा देखिन पुग्यो । चुनावमा उम्मेद्धवार चयनदेखि जिल्लाको नेतृत्व चयनमा समेत बामदेवको ठाडो हस्तक्षेप हुने गरेको धेरैले टिप्पणी गर्न थालेका छन् । ‘राम्रालाई भन्दा हाम्रालाई’ उम्मेद्धवार बनाउँदा स्थानीय चुनाव एमालेका लागि प्रतिकुल बन्न नसकेको एमालेकै नेताहरुको प्रतिक्रिया दिन थालेका छन् । एमाले नेता गौतमलाई कुरा लगाएर आफ्नो जिविका धान्नेहरुले पार्टीलाई क्षति पुर्याएको धेरैले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित