शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

देउवाको मन्त्रिमण्डलमा को–को पर्दै छन् ? यी हुन् सम्भावित नयाँ मन्त्री

दैनिक नेपाल २०७४ साउन १ गते ११:११

काठमाडौं, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारको अन्तिम तयार गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सल्लाह गरेर मन्त्रिमण्डल विस्तार गर्ने भएका हुन् ।

कांग्रेस स्रोतका अनुसार देउवाले आफ्नो पार्टीबाट ९ जनालाई मन्त्री बनाएर पठाउने अन्तिम तयारी गरेका छन् ।

देउवाका तर्फबाट यसअघि तीनजना मन्त्री बनिसकेका छन् । जसमध्ये गोपालमान श्रेष्ठ उपप्रधान एवम् शिक्षा, ज्ञानेन्द्रबहादुर कार्की अर्थ र फर्मुल्ला मन्सुर श्रम मन्त्री बनिसकेका छन् ।

कांग्रेसबाट अम्बिका बस्नेत, मीन विश्वकर्मा, ललितजंग शाही, भीष्म आड्दाम्बे, बलबहादुर केसी, रामकृष्ण यादव, राजन केसी, भीमसेनदास प्रधान, मोहन बस्नेतलगायतको नाम मन्त्रीको सूचीमा रहेको चर्चा छ ।

दीपक खड्काले पनि दोहोराएर मन्त्री बन्ने इच्छा जनाएका छन् । उनलाई महामन्त्री डा शंशाक कोइरालाको साथ रहेको कांग्रेसभित्र चर्चा छ ।

माओवादी केन्द्रले महेन्द्र बहादुर शाही, श्याम कुमार श्रेष्ठ, सन्ध्या चौधरी, रामनारायण विडारी, रेखा शर्मा, सीता नेपाली, गिरिराजमणि पोखरेललगायतको नाम अगाडि सारेको छ । माओवादी केन्द्रले यी नाममध्येबाट मन्त्री बनाउने तयारी गरेको छ ।

प्रधानमन्त्री देउवाले राप्रपालाई ४ वटा मन्त्रालय, विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमलाई ३ मन्त्रालय दिने तयारी गरेका छन् ।

साना दलहरूका तर्फबाट रुक्मिणी चौधरी, कुमार खड्का, प्रेमबहादुर सिंह, गंगा चौधरी, हरिचरण साहलगायतको नाम मन्त्रीका लागि चर्चामा रहेको बताइन्छ ।

कुरा मिल्यो भने प्रधानमन्त्री देउवाले सोमबारभित्र मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित