सोमबार, ९ साउन २०७४
DainikNepal.com
सोमबार, ९ साउन २०७४

युवा पुस्ताको मन जित्दै ‘सायद २’

दैनिक नेपाल २०७४ साउन १ गते १०:४२

काठमाडौं । शुक्रबार रिलिज भएको ‘सायद २’ले सुरुवाती ओपनिङ राम्रो गरेको छ । तर, फिल्म निर्माण पक्षले जति सोँचेको थियो त्यति राम्रो ओपनिङ गर्न नसकेको स्वीकार गरेको छ ।

‘सायद २’ समग्रमा फिल्म राम्रो बनेको दर्शकहरूको भनाइ छ । ‘सायद २ राम्रो फिल्म बनेको रहेछ’, फिल्म हेरेर आएका शंकर सापकोटाले भने, ‘फिल्मको कथावस्त सबै राम्रो छ । प्राविधिक विषय पनि राम्रो लाग्यो । तर, कलाकार चयन राम्रो लागेन ।’

सापकोटाले भने, ‘कलाकारहरू नाम चलेका राखेको भए दर्शक ह्वात्तै तान्ने थियो ।’

फिल्म मेकर सुनिल रावलद्वारा निर्माण गरिएको ‘सायद २’ले युवाहरूको कथावस्तु बोकेको छ । ‘सायद २’लाई निर्देशक पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् ।

‘सायद’ फिल्म बनाएका सुनिलले सोही नामबाट ‘सायद २’ निर्माण गरेका हुन् । सुनिल रावलले भने, ‘सायद २ सिक्वेल होइन ।’

दुर्गिस फिल्मसको ब्यानरमा निर्माण भएको ‘सायद २’ले अहिलेसम्म राम्रो व्यापार गरेको सुनिलले बताए । ‘फिल्मको कलेक्शनदेखि दर्शकको उपस्थिति सन्तोषजनक रहेको रिपोर्टिङ आएको छ’, उनले भने ।

‘सायद २’मा सुशील श्रेष्ठ, निशा कार्की, रुविना श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे र सुशील सिटौला लगायतले अभिनय गरेका छन् ।

सिनेमेटोग्राफर राजु विक्रम थापाले फिल्म खिचेका हुन् । फिल्मको सम्पादन दीर्घ खड्का, द्वन्द्व अष्ट महर्जन र कोरियोग्राफी गोविन्द राई र विक्रम स्वाँरले गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित