शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

दुर्घटनामा एकको मृत्यु, ‘इकु’ घाइते

दैनिक नेपाल २०७४ साउन १ गते १७:३२

फाइल तस्बिर

भक्तपुर, १ साउन । मध्यपुरथिमी नगरपालिका गठ्ठाघरमा बस र मोटरसाइकल गएराति एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक ललितपुर बंगलामुखी बस्ने १७ वर्षीय अशिम श्रेष्ठको उपचारका क्रममा निधन भएको छ भने पछाडि बसेकी इकु जोशी घाइते भएकी छिन् ।

इकुको गम्भीर अवस्थामा बी एण्ड बी अस्पताल, ग्वार्कोमा उपचार भइरहेको छ ।

बस र चालक रामकुमार महत महानगरीय प्रहरी वृत्त थिमीको नियन्त्रणमा रहेको महानगरीय ट्राफिक प्रहरी नायब निरीक्षक विकल भट्टराईले बताउनुभयो ।

भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको शैलुंगेश्वरी यातायातको बा४ख १९९१ नंको बस र भक्तपुरतर्फ आउँदै गरेको बा८५प ९९२८ नंको मोटरसाइकल अरनिको राजमार्गअन्तर्गत गठ्ठाघर चोकमा एकापसका ठोक्किएर दुर्घटना भएको थियो । रासस 

प्रतिक्रिया
सम्बन्धित