सोमबार, ९ साउन २०७४
DainikNepal.com
सोमबार, ९ साउन २०७४

काठमाडौं विश्व विद्यालयद्वारा उपाधि रक्षा

दैनिक नेपाल २०७४ साउन १ गते ७:१२


काठमाडौं, १ साउन । काठमाडौं विश्व विद्यालय दोश्रो प्रधानमन्त्री कप विश्व विद्यालय खेलकुदमा शनिबार टिम च्याम्पियन बनेको छ ।

साविक विजेता काठमाडौंले ४ स्वर्ण, १ रजत र २ कांस्य जित्दै उपाधि रक्षा ग¥यो । तीन खेल भलिबल, ब्याडमिन्टन र टेबलटेनिस समावेश खेलकुदमा काठमाडौंले चारै स्वर्ण टेबलटेनिसतर्फ जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो ।

टेबलटेनिसतर्फ सिंगल्सको छात्रमा करण राई र छात्रामा दीपिका श्रेष्ठले काठमाडौंलाई स्वर्ण दिलाएका थिए । त्यस्तै डबल्सको छात्रमा करण र युगेश राई तथा छात्रामा इशिका रेग्मी र दीपिको जोडीले काठमाडौंका लागि स्वर्ण जितेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा त्रिभूवन विश्वविद्यालय (टीयू) ३ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको पोखरा विश्वविद्यालयले २ स्वर्ण, २ रजत र ३ कांस्य जित्यो ।

प्रतियोगिताको अन्तिम दिन त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको छात्र भलिबलमा टीयू पहिलो भयो । टीयूले उपाधि भिडन्तमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई २५–१९, २५–२१ र २५–१५ को सोझो सेटमा पराजित ग-यो ।

मध्यपश्चिमाञ्चल र काठमाडौंबीच तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा मध्यपश्चिमाञ्चल २५–१६, २५–१९ र २५–२१ को सीधा सेटमा विजयी भयो ।

विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका सदस्य एवं प्रतियोगिता संयोजक प्रा.डा. अरविन्द श्रीवास्तव, राखेपका सदस्य गंगाबहादुर थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको भलिबलमा ८ छात्र टिम सहभागी थिए ।

ब्याडमिन्टन र टेबलटेनिसको छात्रमा ९ विश्वविद्यालय तथा छात्रामा ७ विश्वविद्यालयबाट समान ४–४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित