शुक्रबार, ६ असोज २०७४
DainikNepal.com
शुक्रबार, ६ असोज २०७४

सेक्सको चक्करमा पारेर फसाएकी पूजाले दिइन यस्तो सनसनीपूर्ण बयान

दैनिक नेपाल २०७४ असार ३१ गते १५:३२

दाङ, ३१ असार । तुलसीपुर स्याउली बजारकी पूजा घर्तीको तडकभडकपूर्ण जीवनशैलीका सम्बन्धमा उनका मामा नाता पर्ने सल्यान झिम्पे कोरवाङ घर भै हाल दाङको हेकुली बालापुर बस्ने ३७ वर्षीय मानबहादुर भण्डारीले चासो लिए । भान्जीले कसरी यति खर्चिलो जीवन बिताइरहेकी छिन् ? उनले बुझ्दै जाँदा तुलसीपुर उपमहानगरपालिकामा बुटवल बस्त्रालय सञ्चालन गर्दै आएका ५३ वर्षीय व्यवसायी राजकुमार श्रेष्ठसँग पूजाको सम्बन्ध रहेको कुरा पत्ता लाग्यो । त्यसपछि आपराधिक पृष्ठभूमिका भण्डारीले योजना बुन्न थाले–श्रेष्ठको अपहरण गरेर रकम असुल गर्ने र त्यसका लागि पूजालाई प्रयोग गर्ने ।

भण्डारीले पूजाका बुवा टीकाराम घर्ती तथा पूजालाई यो योजनामा सहमत गराए । योजना अनुसार पूजालाई एक लाख रुपैयाँ दिने र उनले श्रेष्ठलाई घरबाट निकालेर सल्यानसम्म पुर्‍याइ दिने सहमति भयो । ‘मामाले मलाई एक लाख रुपैयाँ दिने भनेका थिए । मेरो काम श्रेष्ठलाई सल्यानसम्म पुर्‍याउने मात्र थियो । त्यसपछि मैले केही गर्नु नपर्ने र मलाई केही खतरा नहुने भन्ने थियो,’ पूजाको बयान उधृत गर्दै जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले भने, ‘पहिलेदेखि नै चिनजान भएकाले मैले श्रेष्ठलाई फोन गरेर बोलाएँ र सल्यानसम्म पुर्‍याइदिएँ । त्यसपछि म फर्केर घर आएँ ।’

पूजा व्यवसायी श्रेष्ठलाई सल्यान पुर्‍याएर त्यसै दिन राति तुलसीपुर फर्किसकेकी थिइन् । घटनामा आफ्नो सहभागिता कसैलाई थाहा नहुने आशामा उनी घरमै बसिन् । जेठ २७ गते राती इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोली पूजाको घर पुगेको थियो । प्रहरीले पूजाको घर खानतलासी गर्ने प्रयास गर्‍यो तर पूजाकी आमाले प्रहरीलाई घरमा पस्न दिइनन् । पूजा घरमा नभएपछि किन बबाल गर्ने भन्ने सोचेर प्रहरी व्याक भयो । त्यसपछि पूजा घरबाट भाग्न पाइन् । केही दिन दाङमै लुकेकी पूजा बुवा र मामाको सम्पर्कमा आएपछि उनीहरूकै सल्लाहमा नेपालगन्ज गएकी थिइन् ।

सुरुमा पूजाको काम व्यवसायी श्रेष्ठलाई सल्यानसम्म मात्र पुर्‍याउने भएकाले उक्त घटनाबाट पूजालाई केही खतरा नहुने आशा थियो । त्यसकारण पूजा व्यवसायी श्रेष्ठसँगै जंगल गइनन् । श्रेष्ठलाई अर्कै समूहले जंगलतिर लिएर गयो । घटनाको दुई दिनपछि प्रहरीले पूजाको पहिचान गरी खोजतलास गर्न थालेपछि मात्र उनी घरबाट भागेकी थिइन् । जंगलमा श्रेष्ठको हत्या गरी भागेका पूजाका बुवा टीकाराम तथा मामा भण्डारी पनि पछि उनको सम्पर्कमा आए । प्रहरीले जंगलमा छ्याप्छ्याप्ती सर्च गर्न थालेपछि घर्ती र भण्डारीको समूहलाई जोगिन कठिन भयो ।

प्रहरीबाट छलिएर भागिरहेका पूजाका बुवा तथा मामाले नेपालगन्ज पुगेर पूजालाई त्यही आउन भनेका थिए । त्यसपछि उनी तुलसीपुरबाट नेपालगन्ज पुगिन् । भारत पस्ने योजना बनाए पनि सीमामा कडाइ हुनसक्ने भएकाले उनीहरू नेपाल–भारतको सीमा क्षेत्र बाँकेको डुरुवा गाउँपालिकास्थित हिरमिनियामा पुगेर लुके । तीनै जनाले लामो समय त्यही क्षेत्रमा बिताए । प्रहरीले गहन अनुसन्धानपश्चात घटनाका चार जना दोषीलाई पक्राउ गरेपछि उनीहरूकै बयानका आधारमा पूजा, उनका बुवा र मामाका सम्बन्धमा थप जानकारी प्राप्त भएको थियो ।

लामो समयसम्म पनि पूजालाई पक्राउ गर्न नसकेपछि प्रहरीले उनको तस्बिर सार्वजनिक गरी जानकारी दिनेलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्‍यो । विशेष सूचनाका आधारमा पूजा, उनका बुवा र मामा बाँकेको हिरमिनियामा बसेको पत्ता लागेपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले पूजालाई गत मंगलबार अनुहार छोप्ने मुकुण्डोका साथ सार्वजनिक गरेको थियो । साप्ताहिकबाट

प्रतिक्रिया
सम्बन्धित