सोमबार, ९ साउन २०७४
DainikNepal.com
सोमबार, ९ साउन २०७४

पूर्व महान्यायाधिवक्तालाई २१ वर्ष जेल सजाय

दैनिक नेपाल २०७४ असार ३१ गते ६:३६

मकाउ, ३१ असार । चीनको विषेश प्रशासनिक क्षेत्र मकाउका पूर्व महान्यायाधिवक्ता हो चिओ मेङलाई २१ वर्षको जेल सजाय सुनाइएको छ ।

विषेश प्रशासनिक क्षेत्रको अदालतले अन्तिम फैसला भन्दै २१ वर्षे जेल सजाय तोकेको अधिकारीहरूले जानकारी दिएका छन् ।

उहाँले लामो समयसम्म धेरै नियम कानून उलङ्घन गरेकाले उहाँविरुद्धको मुद्दा निकै जटिल बनेको न्यायाधीशहरूले ठहर गरेका छन् । उहाँको जस्तो अवस्था दुर्लभ र अपवाद जस्तो भएको पनि न्यायाधीशहरूको बुझाई छ ।

मकाउ प्रशासनिक क्षेत्रको एउटा सार्वजनिक निकायको प्रमुखको हैसियतमा उहाँले लामो समय काम गर्दा उहाँले पदीय जिम्मेवारी र अधिकारको दुरूपयोग गर्नुका साथै कानून र अनुशासनको उलङ्घन गर्नुभएको पाइएको छ ।

कानून र अनुशासनको उलङ्घन गरेको आरोप लागेपछि उहाँलाई सन् २०१६ को डिसेम्बरमा नियन्त्रणमा लिइएको थियो । – सिन्ह्वा 

प्रतिक्रिया
सम्बन्धित