शुक्रबार, ६ असोज २०७४
DainikNepal.com
शुक्रबार, ६ असोज २०७४

मोडलिङमा भविष्य खोज्दै प्रजुषा (फोटो फिचर)

दैनिक नेपाल २०७४ असार ३० गते ११:३५

काठमाडौं । काठमाडौं गोंगबुकी प्रजुषा कार्की नेपाली मोडलिङ क्षेत्रमा करियर बनाउने सोचका साथ यस क्षेत्रमा प्रबेश गरेकी छन् ।

५.३ फिट अग्ली कार्की २२ बर्षकी मात्र भइन, तर उनको प्रतिभा लोभलाग्दो छ । उनी मोडलिङ क्षेत्रमा प्रबेश गरेको एक वर्ष नभएता पनि हालसम्म एक दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेर लोकप्रियता हासिल गरिसकेकी छन् ।

नेपाली चलचित्रमा बढी अभिनय गर्न रुचाउने प्रजुषा अब भने चलचित्र क्षेत्रमा डेब्यु गर्ने तयारी समेत छिन् । उनी भन्छिन् – निर्माण पक्षसँग कुराकानी भईरहेको छ, राम्रो ब्यानरमा कुरा मिले सायद केही समयमै नेपाली चलचित्रमा समेत छाउनेछु । नेपाली मोडलिङलाई नै आफ्नो भविष्य बनाउने सोचमा रहेकी प्रजुषा भन्छिन् – राम्रो सपोर्टको खोजीमा छु, सबैको साथ पाए निरन्तर यसैमा रहनेछु ।

राम्रोसँग डान्स गर्न सक्ने उनी बिभिन्न स्टेच कार्यक्रमहरुमा समेत व्यस्त हुने गर्छिन् । विदेशको राम्रो ठाउँबाट अफर आएमा समेत आफु तयार रहेको उनले बताईन् । आफ्नो परिवारबाट मोडलिङ क्षेत्रमा कोही पनि नरहेका कारणले आफुले सबैको साथ र सहयोग पाईरहेको उनले सुनाईन् ।

साथीहरुले आफ्नो ओठ र आँखा राम्रो भन्ने गरेको बताउने प्रजुषाले आफुलाई पनि शरिरका सबै अंग मनपर्ने गरेको बताईन् । अहिलेसम्म अविवाहित प्रजुषाले विवाहको बारेमा अहिले केही पनि नसोचेको बताउँदै प्रेम प्रस्ताव भने अत्याधिक आउने गरेको बताईन् ।

प्रस्तुती– सुमन घिमिरे

प्रतिक्रिया
सम्बन्धित