शुक्रबार, ६ असोज २०७४
DainikNepal.com
शुक्रबार, ६ असोज २०७४

‘पदको लोभले देउवाको जालमा यसरी फसे प्रचण्ड, अहिले पछुताउँदैछन्’

जम्बला लामा २०७४ असार २८ गते ११:००

नेपालमा गणतान्त्रिकका नयाँ लोकतन्त्रमा हाल यस्तै हलचल चलिरहेको जनबिचार हो । मतलब, प्रष्ट छ । यथार्थमा भन्नु पर्दामा चोरको साथी पुलिस बनेझै टाउकोको मूल्य तोक्ने काँग्रेस सभापति र माओ बिचार बोकेका पार्टीहरुको चाल यस्तै हुन् भन्ने जनसमुदायलाई महसुस भएको छ । यि चाल थियो नेपाली काँग्रेस सभापति तथा वर्तमान् प्रधानमन्त्री शेरबहादुर देउवाको जाल ।

पदको लोभले अन्धो भएका प्रचण्डले देउवाको जालमा आफू फसेको महशुस नै गरेन । सरकारमा हुँदाहुँदै एमालेलाई धोका दिएर ख्यालै नगरी प्रधानमन्त्री बन्न तम्से, र प्रथम-दोस्रो चरणको स्थानीय निर्वाचनमा जनताले देखाइदिए ।

यही चालको जाललाई नबुझी माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामोहमा फसी मात्र ९ दिन अर्थात् ९ महिनाको कपाली तमसुक गरी प्रधानमन्त्री पदमा फस्न गयो । त्यो प्रचण्डको महाभूल थियो । अतः आफ्नो टाउकोको मूल्य तोकने व्यक्तिसँग प्रचण्डले सत्ता समिकरण गरी आफ्नो पार्टीको सिद्धान्त मिलेको पार्टी एमालेलाई धोका दिई आफ्नो टाउकोको मूल्य ५० लाख तोक्ने व्यक्तिसँग मिली आफै सरकारमा भईकन पनि पदको लोभले गर्दा हाल आएर जनताबाट अपमान खेप्नुपर्यो प्रचण्डले ।

कतै चोरको साथी हुनसक्छ पुलिस ? यो त जनता, राष्ट्रलाई नै भ्रष्टाचार मौलाउनको लागि मात्र चोरको साथी पुलिस मिल्न सक्छ भन्ने जनताले आँकलन गरेको छ । तर प्रचण्डले पदको लोभले अन्धो भएको कारण उनले देउवाको जालमा आफू फसेको महशुस नै गरेन । अर्थात् यादै भएन दाहाललाई । यस्तो पदलाई ख्यालै नगरी प्रधानमन्त्री बन्न प्रचण्ड तम्से त्यसैको फलले गर्दा प्रथम र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा त्यसको फलको परिणामहरु जनताले देखाएको हो की भन्ने जनविचार आएको छ ।

कसलाई सफल पार्यो ?

के चाँही सफल गर्यो त भने काँग्रेस र माओवादीले घेराबन्दी गरेको एमालेलाई प्रथम बनाउन सफल अर्थात् प्रथम पार्टी बनाउन सफल काँग्रेस र माओवादीलाई २ करोड ८० लाख जनसमुदायबाट धन्यबाद व्यक्त गरेको समाचारहरु प्राप्त भएको छ ।  काँग्रेस र माओवादी सत्ता गठबन्धनले गरेको चुनावको निर्णयले जनता र प्रतिपक्ष पार्टीलाई लाभ भएको नगरिको ठहर छ । किनभने काँग्रेस सभापतिले महाधिवेशन भएको १८ महिना वितिसक्दा पनि देउवाले आफ्नो आन्तिरिक विभागहरु मिलाउन नसकेको कारण र माओवादीले आफ्नो मनको घमण्डीको कारणहरुले गर्दा यी दुई पार्टी दोस्रो र तेस्रो स्थानलाई नै चित्त बुझाउन परेको छ ।

देउवाको घुमाई

अर्थात् देउवाले जे जस्तो निर्णय गर्छ त्यसमा प्रधानमन्त्री पद नै दाउमा राखी सही गर्छन् । प्रचण्डले मतलब आफू प्रधानमन्त्री हुँदैमा लोकमानसिंह कार्की जस्तो बदनामी व्यक्तिलाई आफ्नै पार्टीको सभासदहरुद्वारा महाअभियोग प्रस्ताव दर्ता गरेको होइन ? किन खुट्टा कामेको ? शेरबहादुरको दायाँ हातमा थियो प्रधानमन्त्री पद । त्यसकारण प्रचण्डले चुँ पनि बोल्न सकेनन् किन ? त्यसपछि फेरी प्रहरी संगठनभित्रको डीआईजी नवराज सिलवाललाई महानिरीक्षक नबनाई जयबहादुर चन्दलाई सिफारिस गरेको थियो । त्यस पश्चात् पीडित सिलवाल अदालतमा न्याय माग्न गएको थियो । त्यसपछि सर्बोच्च अदालतले सिलवाललाई नै वरियता क्रममा आईजीपी नियुक्ति गर्न भनि निर्णय गरेकोमा देउवाको दवावमा परी आफ्नो प्रधानमन्त्री पदलाई ख्यालै नगरी प्रकाश अर्याल भन्ने व्यक्तिलाई महानिरीक्षक नियुक्ति गरी फेरी विवादमा परेको होइन ? त्यसकारणमा पनि प्रचण्डले एक शब्द पनि बोल्न सकेनन् । कारण थियो उही प्रधानमन्त्री पद । त्यसमा पनि देउवा नै अघि सरेको थियो । प्रचण्डको प्रधानमन्त्री पदको हैसियत थियो सबै देउवा अनि प्रचण्डले के गर्न सक्थ्यो र ?

नवराज सिलवाल काण्डबाट नै एक मात्र प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्कीमाथि खनिन पुगे शेरबहादुर देउवा । एक मात्र इमान्दार प्रथम महिला न्यायाधीशमाथि लाग्यो महाअभियोग की त्यो देउवाले जनतालाई पुण्य आर्जन गरेको हो, त्यसैको फलको कारण बनेका छन् भर्खरै मात्र सकिसकेको स्थानीय तहको प्रथम र दोस्रो चरणको निर्वाचन दोस्रो र तेस्रो पार्टी । यसलाई २ करोड ८० लाख जनताले ठहर गरेको छ ।

एमाले मधेशीको विरोधीको भ्रम

सकभर प्रतिपक्ष पार्टी एमालेलाई मधेशी जनताको विरोधी भनि भ्रम फैलाउन पनि काँँग्रेस सभापति देउवा र माओवादी अध्यक्ष पछि परेनन् । तर एमाले पार्टी मधेशी जनविरोधी होइनरहेछ भन्ने हालको दोस्रो स्थानी चुनावबाट प्रष्ट भएको छ । साथै यी पार्टीको अध्यक्ष राजपाको अध्यक्ष मण्डललाई समेत मधेशी विरोधी भनेर पछि परेनन् । मधेशी जनता र मधेशी राजपा मण्डलले अब, थाहा पायो की एमाले मधेशी जनताको विरोधी होइन, विरोधी त काँग्रेस र माओवादी पार्टी हुन् भन्ने आभाष भएको छ । किनभने प्रचण्ड दाहालले उनी प्रधानमन्त्री बन्ने समयमा तपाईहरुको माग पूरा हुनेछ भनि हामीसँग भोट मागी साथै हामीलाई पनि सहभागी गराएका थियो । तर उनको नौ महिना कार्यकालमा पनि हाम्रो माग पूरा भएन । उनको ९ महिना कार्यकाल पनि समाप्त भयो । अर्थात् स्थानीय तहको प्रथम चरणको चुनाव सकिने वित्तिकै प्रचण्डको ९ महिने कार्यकाल समाप्त भई शेरबहादुर देउवाको पालो ९ महिना थमौती गर्नको लागि पनि हामीसँग भोट मागी शेरबहादुर देउवाले तपाईहरुको संशोधन विधेयक माग पूरा गर्ने शर्तमा ३ बुँदे सहमति साथ देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरी देउवालाई भोट हालेको पक्का हो राजपाको भनाई ।

लेखक

तर जुन जोगी आए पनि कानै चिरेको मात्र फेला परे राजपाको गुनासो अर्थात् देउवा प्रधानमन्त्री भइसके पनि हाम्रो माग जस्ताको तस्तै रह्यो । यो कस्तो विडम्बनाको खेल हो ? हामीलाई र जनतालाई गुमराहामा पारी आफूहरु उच्चराजनितिज्ञ बन्न रुचाउने देउवा र प्रचण्डको हकिकत सबै जनतासामु प्रष्ट भएको स्थानीय तहको प्रथम र दोस्रो तहको चुनावले प्रष्टाएको हामीले देखें राजपाको भनाई । अतः यी पार्टीले जनतालाई जुटमुट गरी झुठ्ठो आश्वासनमा पारी जसरी हुन्छ जनताको सामु एमाले, भधेशी जनता र राजपा विरोधी भनि भ्रममा पारी स्थानीय तह निर्वाचनमा आ–आफ्नो जीत हासिल गर्ने योजनामा जनताबाट नै यी पार्टीको अध्यक्षहरुलाई दोस्रो र तेस्रो तहमा सिमित रहुन भनि मतदान गरेको नागरिको ठहर हो । किनभने जनसमुदायले यस नौटंकी व्यवहारको राजनैतिकका भाषा बुझीसकेको छ । र साथै चुनावको बखतमा सत्ता, बन्दुक साथै जनताले तिरेको करबाट जम्मा भएको सरकारी ढुकुटी (कोष)को रकम पनि सत्ताधारी दुई पार्टीले स्वाहा गरेको र आचार संहिता विपरित प्रधानमन्त्री आफै आफ्नो गृह जिल्लामा एक हप्ता अगाडिदेखि चुनाव प्रचार प्रसार र आम सभामा सारिक भएको थियो ।

चुनावमा आफ्ना लागि राज्यकोषबाट अर्बौ खर्च

प्रधानमन्त्री देउवाले प्रथम चरणको चुनावमा पनि तत्कालिन प्रधानमन्त्री प्रचण्ड दाहलसँग मलिजुली गरी सरकारी ढकुटीको २० औं अर्ब रुपैयाँ स्वाहा गरेको सुन्नमा आएको छ । त्यो कहाँसम्मको सत्य हो तीन तहको चुनावपछि आउने सरकारले अडिट गर्नेछ भन्ने जनविश्वास छ । तर पनि प्रथम चरणको निर्वाचन भने काँग्रेस दोस्रो तहमा नै खुम्चिएको थियो । त्यसपछि दोस्रो चरणको चुनावमा आपूm काँग्रसलाई प्रथम पार्टीमा ल्याउनुपर्छ भनि आफै प्रधानमन्त्रीकै पद र सुरक्षाकर्मी समेत लिएर प्रधानमन्त्री पद दुरुपयोग गरी उनी आफ्नो जिल्ला डडेलधुरामा किल्ला जमाएर वसेको सर्वविधितै थाहा भएको कुरा हो । प्रधानमन्त्री आफ्नै गृह जिल्लाका अंमरगढी नगरपालिकाको मेयर काँग्रेसको उम्मेद्वार हार्नु भनेको लज्जासपद हुन् भन्ने अंमरगढी नगरवासीका गुनासोहरु सुन्नमा आएको छ । साथै प्रधानमन्त्री आफैले पनि प्रधानमनत्री पद राजिनामा दिने की नदिने यो देउवाको आफ्नो विचार हो । यदि इज्जत इमान छ भने उनले राजिनामा दिन नै पर्ने हो भन्ने डडेलधुराका जनआवाज हो ।

अति भएन र ?

सरकारमा नै वस्ने र सत्ता दुरुपयोग गर्ने यो कस्तो विडम्बना समय हो । काँग्रेस र माओवादी आपूmहरु बन्दुक, सत्ता र धन साथ साथमा भएर पनि जनताको मन जित्न असफल भएकोमा नागरिकलाई धेरै दुःख लागेको छ । जसरी हुन्छ या मत पत्र च्यातेर हुन्छ या कुनै उपायबाट हुन्छ आफूहरु जित्नुपर्छ भन्ने घमण्डीको कारणले गर्दा काँग्रेस दोस्रो स्थानमा र माओवादी तेस्रो स्थानमा पर्नैै प¥यो ? अब पनि बल, धन र सत्ताको नै हात लाउछौं भने जनताले काँग्रेसको का नै र माओवादीको मा नै मेट्ने गरी जवाफ दिनेछ भन्ने जनसमुदायको आवाज हो । होसियार हुनुहोला नेताहरु ।

अन्तिममा संविधान संशोधन विधेयकलाई परिमार्जन गरी सबै पक्ष विपक्षी पार्टीहरु एकता भई राजपालाई पनि अब आउने निर्वाचनलाई सहज बनाई निर्वाचनलाई सफल गर्नपर्छ । यही आजको आवश्यकता हो ।

(लेखक बौद्ध जागरण केन्द्र तथा स्तुपा फाउण्डेशन नेपालका केन्द्रिय सदस्य हुन्)

प्रतिक्रिया
सम्बन्धित