शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

पूर्वराजा ज्ञानेन्द्र शाहलाई खुल्लापत्र

दैनिक नेपाल २०७४ असार २७ गते २०:५१

पुर्व राजा ज्ञानेन्द्र शाहका अधिकांश सचिव (मध्यस्थकर्ता) र सल्लाहकारहरु अवसरवादी ताक परे तिवारी नत्र गोतामे जस्ता भइ दिनाले २०६२।०६३ सालको जनआन्दोलनमा राजसंस्था गएको हो र पुर्व राजा ज्ञानेन्द्र शाहले सजिलै पुर्वक जनताहरुको चाहना, भावना र जनादेशलाई बुझी नारायणहिटी दरबार छोडी महाराजगंज स्थित निर्मल निवास प्रस्थान हुनु भयो ।

पुर्व राजा ज्ञानेन्द्र शाह र पुर्व रानी कोमल राज्य लक्ष्मी देवी शाहको जन्मोत्सवमा होस, दशैंको टिका ग्रहण गर्ने क्रममा होस् र राजाको मुलुक दौडाहा, हिँडडुल र भ्रमण गर्ने क्रममा होस् धेरैजसो नेपाली नागरिकहरु र शुभचिन्तकहरुले पुर्व राजा र पुर्व रानी सामुन्ने सचिवहरुको टिका टिप्पणी गर्ने गर्छन । अझै पनि पुर्व राजा राजसंस्थालाई असफल गराउने अवसरवादी सचिवहरुको घेरा भित्र नै रहेका छन् । विगतमा पुर्वराजाको नारायणीहिटी दरबारभित्र र हाल निर्मल निवासभित्र अवसरवादी तत्वहरुको उपस्थिति रहेको छ ।

पुर्वराजा ज्ञानेन्द्र शाह अवसरवादी सचिवहरुको घेराबाट निस्कन सक्ने कहिले ? पुर्व राजा ज्ञानेन्द्र शाहले सचिवहरु अवसरवादी छन् भन्ने थाहा पाएर पनि नेपाली नागरिकहरु र शुभचिन्तकहरुको कुराहरुलाई विश्वास गर्नु भएन कि ? पूर्व राजा ज्ञानेन्द्र शाह अवसरवादी सचिवहरुलाई निष्कासन र कार्वाही गर्न मौन (चुपचाप) किन ?

एक्काइसौँ शताब्दीमा पूर्वराजा ज्ञानेन्द्र शाहको देश दौडहा वा मन्दिर दर्शन वा उद्घाटनमा जनमानसको भिड, माओवादीका प्रचण्डको देश दौडहा, आमसभामा जनमानसको भिड, नेकपा एमाले माधव कुमार नेपालको आमसभामा जनमानसको भिड, काँग्रसको सुशील प्रसाद कोइरालाको आमसभामा जनमानसको भिड तर ती नागरिकहरु राजाका हुन् की ? माओवादीका हुन् की ? एमालेका हुन् की ? काँग्रेसका हुन् की ? कसका हुन् भन्ने केही थाहा हुँदैन । भन्न खोजेको के हो भने आम नागरिकहरुको आवश्यकता के हो त्यसलाई कसरी परिपूर्ति गर्ने सोच जस्तै शिक्षामा सुधार, स्वास्थ्यमा सुधार, कृषिमा सुधार, रोजगारीको व्यवस्था आदि आदि जस्ता कुराहरुमा पुर्व राजा ज्ञानेन्द्र शाहले ध्यान पु¥याउन पर्दथ्यो । तथा राष्ट्रलाई विकसित अन्तर्राष्ट्रिय मुलुकहरुको तुलनामा कसरी अगाडी लिएर जाने सोच बनाई दिएको भए आज राजसंस्था जाने अवस्था आउँदैन थियो ।

लेखक

नेपालमा पुनः राजसंस्था केहि गरेर फर्कियो र आयो भने अवसरवादी सचिव र सल्लाहकारहरुलाई पुर्वराजाले निष्कासन नगरे सम्म राजसंस्था सफल हुन सक्दैन । यसकारण पुर्व राजा ज्ञानेन्द्र शाहले सचिव (मध्यस्थकर्ता) सागर प्रसाद तिमल्सिना र सल्लाहकार तुलसी गिरी आदि आदि जस्ता अवसरवादीहरुको पहिचान गर्ने तर्फ ध्यान केन्द्रीत गरेर निष्कासन गर्नुपर्दछ । दुरदर्शी नयाँ सोच राख्ने विज्ञ, छवि र विचार स्वच्छ राम्रो भएकाहरुलाई प्राथमिकता दिई आफ्ना वरिपरि राख्न सक्नु पर्दछ ।

राजदरवारका वा राजप्रसाद सेवाका मध्यस्थकर्ता (सचिव) सागर प्रसाद तिमिल्सीनाले पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व राजा ज्ञानेन्द्र शाहका परिवारहरुलाई कैद गरेका छन की ? पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह, पूर्व युवराजधिराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह र पूर्व अधिराजकुमारी प्रेरणा सिंहलाई भेट गर्न खोज्ने शुभ चिन्तकहरुलाई भेट गर्न नदिने र भेट नगराउने किन? यस्तै पूर्व युवराजधिराज पारस शाहको सचिवले पनि पूर्व युवराजधिराज पारस शाहलाई भेट गर्न नदिने र भेट नगराउने किन? पूर्व युवराज्ञी हिमानी शाहलाई भेट गर्न नदिने र भेट नगराउने किन? पूर्व अधिराजकुमारी प्रेरणा सिंहको सचिवले पनि पूर्व अधिराजकुमारी प्रेरणा सिंहलाई भेट गर्न दिने र भेट नगराउने किन? वास्तविक रुपमा नै राज परिवारहरुलाई मध्यस्थकर्ता सागर प्रसाद तिमिल्सिना द्वारा साँच्चिकै कैद गरिएको त होइन? यस सम्बन्धमा अन्तराष्ट्रिय निकायहरुबाट छानबीन र अनुसन्धान हुन जरुरी रहेको छ। आजको एक्काइसौ शताब्दीको युगमा राजपरिवारहरुलाई भेट गर्न खोज्ने शुभ चिन्तकहरुलाई राज परिवारहरुले भेट गर्न नखोज्नु भएको हो भन्ने सवाल र प्रश्न उठ्दैन।
सचिव सागर प्रसाद तिमल्सिना र सल्लाहकार तुलसी गिरी आदि आदि जस्ता अवसरबादी पुराना सोच भए भएकाहरुलाई लिएर अघि बढ्नुभयो भने पुर्व राजा ज्ञानेन्द्र शाह हजुर असफल हुनुहन्छ की ? सोचबिचार गर्नुहोला ।

राकेश कुमार शर्मा
मकवानपुर, हेटौंडा

प्रतिक्रिया
सम्बन्धित