एजेन्सी । आज गुरुपूर्णिमा । गुरुपूर्णिमालाई गुरुहरुको सम्मान गर्ने ऐतिहासिक दिनमा लिइन्छ । तर, यहाँ एक मन्त्रीले महिलाको अपमान गरेर यो दिनलाई अपवित्र बनाएका छन् ।
कुरा हो भारतको झारखण्डका मुख्यमन्त्री रघुबर दासको । उनले आज एक कार्यक्रममा दौरान महिलाबाट आफ्नो खुट्टा पखाल्न लगाएका छन् । जमशेदपुरको ब्रह्म लोक धाममा भएको गुरु महोत्सव कार्यक्रममा सीएम रघुबरका खुट्टा उनको स्वागतमा खटिएका महिलाले धोएका थिए । यसबाट उनको कुर्सी संकटमा पर्नसक्ने आकलन गरिएको छ ।
#WATCH: Women wash feet of #Jharkhand CM Raghubar Das on a 'Guru Mahotsav' event held at Jamshedpur's Brahma Lok Dham. (July 7) pic.twitter.com/86wUeIpKzh
— ANI (@ANI_news) July 9, 2017


प्रतिक्रिया
सम्बन्धित
सिफारिस