सोमबार, १५ जेठ २०७४
DainikNepal.com
सोमबार, १५ जेठ २०७४

अमेरिकामा नेपाली चलचित्रको पहिचान र बजारीकरणबारे परामर्श

दैनिक नेपाल २०७४ जेठ ५ गते १६:५३

काठमाडौं, ५ जेठ । अमेरिकी बजारमा नेपाली चलचित्रको पहिचान र बजारीकरणका विषयमा सरोकारवालाहरूबीच अन्तरक्रिया भएको छ ।

काठमाडौंको विशालनगरस्थित नेपाल चलचित्र संघको केन्द्रीय कार्यालयमा शुक्रबार भएको छलफलमा सरोकारवालाहरूले अमेरिकामा नेपाली चलचित्रलाई कसरी पहिचान गराउने भन्ने विषयमा परामर्श भएको हो ।

‘अन्तरक्रियाबाट अमेरिकामा नेपाली चलचित्रलाई पहिचान गराउनका लागि के कस्तो सहयोग हुन सक्छ ? अमेकिामा नेपाली चलचित्रको बजारलाई कसरी विस्तार गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको हो’, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयद्वारा जारी प्रवेश विज्ञप्तिमा भनिएको छ । विशेष गरेर अमेरिकी बजारमा नेपाली चलचित्रको बजारीकरणका लागि के गर्न सकिन्छ भनेर प्रारम्भीक रुपमा परामर्श भएको उदयले बताए ।

नेपाल फिल्म सोसाइटी र नेपाल चलचित्र संघको संयुक्त आयोजना तथा नेपालका लागि अमेरिकी राजदूतावासको पहलमा अमेरिकाबाट नेपाल आएकी चलचित्र निर्देशक शालिनी कौन्तेय एवम् नेपाली चलचित्रकर्मीहरूबीच अन्तरक्रिया भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष सुचिता श्रेष्ठ, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, निर्देशकहरू विश्व बस्नेत, उज्वल घिमिरे, केपी पाठक, राजेन्द्र सलभ, यम थापाको सहभागिता रहेको थियो ।

कार्यक्रममा वरिष्ठ कलाकारहरू भुवन चन्द, बसुन्धरा भुसाल, सुनिल थापा तथा चलचित्र संघका कोषाध्यक्ष गोपालकाजी कायस्थको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित