सोमबार, १५ जेठ २०७४
DainikNepal.com
सोमबार, १५ जेठ २०७४

काठमाडौँंको कीर्तिपुर नगरपालिकामा एमाले, नागार्जुनमा काँग्रेस विजयी

दैनिक नेपाल २०७४ जेठ ५ गते १६:०५

काठमाडौँ, ५ जेठ । काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा एमालेका रमेश महर्जन विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजकुमार नकर्मी थिए ।

यस्तै उपमेयरमा नेकपा एमालेकै सरस्वती खड्का विजयी भएकी छिन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी बिमला विष्ट थिइन् ।

यता, काठमाडौंको नागार्जुन नगरपालिकाको मेयरमा कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन्। नेकपा एमालेका कृष्णहरि खत्री झिनो मतले पराजित भए ।

उपमेयरमा भने एमालेकी सुशीला अधिकारी विजयी भइन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी कल्याणी खड्का थिइन् ।

प्रतिक्रिया
सम्बन्धित