शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

बाबुरामकै जिल्लामा नयाँ शक्ति शून्य

दैनिक नेपाल २०७४ जेठ ५ गते १६:०२

गोरखा, ५ वैशाख । स्थानीय तहको निर्वाचनअन्तर्गत पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै गृहजिल्लामा नराम्रो हार व्यहोर्नुपरेको छ ।

पछिल्लो मतपरिणामअनुसार गोरखाका ११ वटा स्थानीय तहमध्ये ९ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने २ गाउँपालिकामा माओवादी केन्द्रले जित हात पारेको छ । एउटामा पनि बाबुरामको नयाँ शक्ति पार्टी विजयी भएन् ।

गोरखा र पालुङटार नगरपालिकासहित चुमन्रुवी, गण्डकी, धार्चे, अजिरकोट, आरुघाट, भीमसेन, सिरानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । माओवादी केन्द्रले सहिदलखन र सुलिकोट गाउँपालिका प्रमुखमा माओवादीले जित हात पारेको छ ।

गोरखाको मतपरिणाम सार्वजनिक भएपछि नयाँ शक्तिका संयोजक भट्टराईले यो जनताको आदेशलाई स्वीकार गरेर भावी दिनमा आत्मसमीक्षा गर्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित