सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

जोसँग परशुरामबासीको ठूलो आशा जाडिएको छ

दैनिक नेपाल २०७४ जेठ ५ गते १५:१४

डडेल्धुरा, ५ जेठ । जिल्लाको आधा भन्दा बढि जनसंख्या रहेको भित्रिमिधेष क्षेत्र जोगबुडाका अधिकान्स बस्तीमा अझै पनि बढिपहिरो, बेरोजगारी, विद्युत, सञ्चार, सडक, स्वास्थ्य, शिक्षा र खानेपानीको समस्या उस्तै छ । आसन्न स्थानीय तहको निर्वाचनबाट नेतृत्वमा आउनेले यी समस्या सम्बोधन गर्ने आसा र विश्वासमा यहाँका बासिन्दा छन् ।

यो समस्या गाउँमा मात्र होइन नगरपालिकाका बसौटी, खजुरानी, सालौन, सादनी, कुरमुल्ले, कराली, कराली, असुरानी, मलास, सलेता, कलेनालगायतका बस्तीमा पनि उस्तै छ । नगरका यी बस्तीमा यस अघिको राजनीतिक नेतत्वले ध्यान नदिएका कारण यहाँका बासिन्दा आधारभूत आवश्यकताबाटै बञ्चित रहन पुगे ।

देशकै ठूलो पार्टी नेपाली काँग्रेसको नगर नेतृत्वले केन्द्रसम्म यहाँका समस्या पुर्याउन चासो नदेखाएकाले पनि यहाँका जनताको जीवनस्थतर उकासिन नसकेको गुनासो स्थानी बासिन्दाको छ । युवा युवती बेरोजगारी समस्याका कारण भारत तथा बैदेसिक रोजगारीका जान बाध्य भए । उनीहरु गाउँमा सम्भावना खोज्ने नेतृत्व नपाएपछि मलेसिया, दुबै, कतार, साउदीजस्ता खाडी मुलुकमा पसिना बगाइ रहेको स्थानीय संचारकर्मी पदम जोरा बताउँछन् ।

२१ सताब्दीमा पनि गाउँ बस्तीमा खानेपानी, सञ्चार, विद्युत, बाटो, सडकलगायतका आधारभूत सुविधा नहुनु दुःखद भएको नेपाली काँग्रेसबाट मेयर पदका प्रत्यासी महाधिवेशन प्रतिनिधि भीमबहादुर साउद बताउँछन् । पार्टीले आफूलाई जिम्मेवारी दिएमा प्रजातन्त्र आएको करिब तीन दशकमा हुन नसकेका काम पाँच वर्षमा गरेर देखाउने खाका आफूसँग भएको उनले बताए ।

‘दुनिया इमेल ईन्टरनेटको दुनियामा छ, यहाँका बासिन्दाले विदेशमा रहेको आफन्तसँग सुख, दुख साँट्न सहज फोनको सुविधा पाएका छैनन्’ , साउदले भने, ‘पार्टीले जिम्मेवारी दियो र जनताले नेतृत्वमा जाने अनुमति दिए म पाँच वर्षमा नगरका हरेक गाउँमा शिक्षा, स्वास्थ्य, इन्टरनेट, विद्युत, सडकको पहुँच पुर्याएर देखाउँछु ।’

हालसम्म यहाँका कतिपय गाउँका बासिन्दाले विदेशमा रहेका आफन्तसँग खबर आदान प्रदान गर्न घण्टौ पैदल हिनेर कि जोगबुडा सदरमुकाम जानु पर्छ कि कैलाली, कञ्चनपुरै जानु पर्ने स्थानीय स्थानीय सान्ती बोहराले भनिन् ।

२०४९ सालमा गाविस अध्यक्ष बनेर यस क्षेत्रको विकासको प्रारम्भिक खाका समेत कोरेका यस क्षेत्रका काँग्रेस नेता साउद भने विद्यालयमा प्रयाप्त दरबन्दी, परशुराम क्षेत्रलाई धार्मिक पर्यटकीय नगरी, प्राविधिक शिक्षालय, व्यवस्थित रंगशाला, हरेक वडामा सडक सञ्जाल, नदी नियन्त्रण र सिचाइँ आयोजनाको खाका बनाएर प्रस्तुत भएका छन् ।

समस्या ग्रस्त यस क्षेत्रमा अब विकासवादी नेताको आवश्यकता भएकाले अब नयाँ नेतृत्व चुन्न जनता आतुर भएको स्थानीय बलराम पाण्डेय बताउँछन् । हालसम्म भएका विकासका सुरुवात पनि पार्टी काँग्रेस पार्टी सभापति शेर बहादुर देउवाको पहलमा भएकाले अब गाउँस्तरबाटै यहाँका समस्या केन्द्रमा पुर्याउने नेतृत्व जनताले खोजिरहेको स्थानीय लाल सिह बोहराको भनाइ छ ।

लामो समयसम्म काँग्रेसले गतिलो नेतृत्व नपाएका यहाँका जनता मेयर पदको टिकट निक्र्यौल नहुँदै काँग्रेस नेता भिमबहादुर साउदलाई आफ्नो भावी नेतृत्वका रुपमा हेर्न आतुर देखिएका छन् । पार्टीले टिक फिक्स नगरे पनि भिमबहादुरलाई आगामी मेयरका रुपमा चयन गर्न स्थानीय बासिन्दा, नेता र कार्यकर्ताले घर दैलो अभियान थालेका छन् । काग्रेसले यस क्षेत्रका पुराना समस्यालाई सम्बोधन गर्न साउदले कुनै कसर बाँकी नराख्ने विश्वास स्थानीय बासिन्दामा छ । साउदको पार्टी सभापतिसँगको निकटताका कारण पनि यहाँका समस्या सम्बोधन गर्न साउदलाई धेरै कठिन हुने छैन् ।

निर्माण व्यवसायी महासँघका केन्द्रीय उपाध्यक्षसमेत रहेका साउदसँग निर्माण व्यवसायका क्षेत्रमा २८ वर्ष लामो अनुभव पनि नगर निर्माणका लागि फलदायी हुने विश्वास यहाँका बासिन्दाको छ ।

काँग्रेसबाट मेयर पदका प्रत्यासी साउदले भने, ‘म यही क्षेत्रमा जन्मिएर हुर्किएको कान्छे, यहीँ राजनीति सिकेँ, यही व्यवसाय थालेँ, परशुराम नगर तथा भित्री मधेषका हरेक समस्यालाई मैले नजिकबाट छामेको छु, जनताले जिम्मेवारी दिए म त्यो पुरा गरेर देखाउन सक्छु ।’

प्रतिक्रिया
सम्बन्धित