शुक्रबार, ६ असोज २०७४
DainikNepal.com
शुक्रबार, ६ असोज २०७४

पुतलीबजार नगरपालिकामा महिला प्रमुख विजयी

दैनिक नेपाल २०७४ जेठ ५ गते ९:४२

वालिङ, ५ जेठ । स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुख पदमा महिला उम्मेदवार विजयी हुनुभएको छ ।

गएराति सम्पन्न मतगणनाबाट नेकपा (एमाले)बाट उम्मेदवारी दिनुभएकी सीमा क्षेत्री कुल १० हजार २४९ मत ल्याई विजयी हुनुभएको हो । क्षेत्रीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसीराम रेग्मीले नौ हजार २९ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, उपप्रमुख पदमा पनि नेकपा (एमाले)कै महेश पुरी १० हजार ३८८ मतसहित विजयी हुनुभयो भने नेकाकी हिरादेवी शर्माले आठ हजार ४४४ मत ल्याउनुभएको थियो ।

जम्मा १४ वटा वडा रहेको पुतलीबजार नगरपालिकाको १० वटा वडामा नेकपा (एमाले) र चारवटा वडामा नेका विजयी भएको हो । पुतलीबजारको मतगणना सकिएसँगै स्याङ्जा जिल्लाका सबै ११ वटै स्थानीय तहको नतिजा आइसकेको छ । रासस

प्रतिक्रिया
सम्बन्धित