Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
नागार्जुन नगरपालिकाका पाँच वडाको मत परिणामः चारमा एमाले, एकमा राप्रपा विजयी - Dainik Nepal
Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
सोमबार, ९ असोज २०७४
DainikNepal.com
सोमबार, ९ असोज २०७४

नागार्जुन नगरपालिकाका पाँच वडाको मत परिणामः चारमा एमाले, एकमा राप्रपा विजयी

दैनिक नेपाल २०७४ जेठ ४ गते २०:१३

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

काठमाडौँ, ४ जेठ । नागार्जुन नगरपालिकामा पाँच वटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।

मत परिणामननुसार चार वटा वडामा नेकपा (एमाले) र एक वडामा राप्रपाका उम्मेदवार वडाध्यक्षमा विजयी हुनुभएको छ । एमालेले १ देखि ४ वडा र राप्रपाले ५ नं वडामा जित हासिल गरेका हुन् । वडा नं १ मा एमालेका रामचन्द्र लामाले ४२४ मत, वडा नं २ मा एमालेकै खुमबहादुर केसी ७९१ मत, वडा नं ३ मा प्रेमलाल श्रेष्ठ ६२२ र वडा नं ४ मा करुणकुमार दलामी ९१६ मत तथा वडा नं ५ बाट राप्रपाका महेश रिमाल ७११ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रमुखमा नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले तीन हजार १८८ मत, एमालेका कृष्णहरि खत्रीले दुई हजार ८५६, नेकपा (माओवादी केन्द्र)का कुमार तामाङले ९२३ र राप्रपाका उद्धव थापाले एक हजार ६८२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपप्रमुखमा काँग्रेसका कल्याणी खड्काले दुई हजार ८२३, एमालेका सुशीला अधिकारीले तीन हजार २८३ मत र माओवादी केन्द्रकी देवकी पौडेलले ८८१ मत प्राप्त गर्नुभएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित