शुक्रबार, ६ असोज २०७४
DainikNepal.com
शुक्रबार, ६ असोज २०७४

यति एयरलायन्स र संयुक्त राष्ट्र संघले नेपालमा दिगो विकास लक्ष्य हासिलका लागि साझेदारी गर्ने

दैनिक नेपाल २०७४ जेठ ४ गते १९:४९

काठमाडौं, ४ जेठ । यति एयरलायन्स र नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालयले नेपालमा दिगो विकासका लक्ष्य हासिल एवम् प्रवर्द्धन गर्नका लागि नयाँ साझेदारीको सुरुवात गरेका छन ।

एसडिजी भनेर चिनिने दिगो विकास लक्ष्य पृथ्वीमा रहेका सबै जनता र प्राणीको समृद्धिका लागि सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको अन्त्य एवम् समतामुलक, न्यायसंगत र सुरक्षित विश्व निर्माणका लागि तयार पारिएको साहासिक एवम् विश्वव्यापी दस्तावेज हो ।

यस सहकार्य अन्तर्गत राष्ट्र संघ र यति एयरलायन्सले दिगो विकास लक्ष्यसम्बन्धी जनचेतना जगाउनका साथै आवश्यक सरोकारवालाहरुको परिचालन साथै यसको कार्यन्वयनका लागि सम्बन्धित सरोकारवालाहरु संयुक्त रुपमा पहल गर्नेछन । यस सहकार्यले वातावरण परिवर्तन अनुकुलन, गरिबी न्युनीकरण र लैङ्गिक समनता लगायतका क्षेत्रसँग सम्बिन्धत लक्ष्य हासिल गर्ने उड्डयन र पर्यटनको क्षेत्रमा नयाँ र दिगो व्यवसायिक मोडे लको खोजी अवलम्बन एवम् प्रर्वद्धन गर्नेछ ।

नेपाल लगायत राष्ट्रसंघका सदस्य राष्ट्रहरुले सन् २०१५ को सेप्टेम्बरमा अवलम्बन गरिएको दिगो विकास लक्ष्य र एजेण्डा २०३० ले विश्वव्यापी लक्ष्य हासिल गर्नै निजी क्षेत्रलाई एक महत्वपूर्ण साझेदारको रुपमा लिएको छ । दिगो विकास लक्ष्य कार्यन्वयन प्रक्रिया अगाडि बढाउनका लागि साधन स्रोत प्रवृत्ति र नयाँ कार्यका सुरुका लागि निजी क्षेत्रको उल्लेखनीय भूमिका रहेका छ ।

ललितपुरको पुल्चोक स्थित युएन हाउसमा भएको समझदारीपत्रमा युनडीपी नेपालका निर्देशक रेनो मेयर र यति एयरलायन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले हस्ताक्षर गर्नुभएको थियो ।

‘नेपालमा विश्वव्यापी लक्ष्यका लागि यति एयरलायन्सलाई पहिलो निजी क्षेत्रको साझेदारको रुपमा पाँउदा राष्ट्रसंघ खुसी र उत्साहित भएको छ । यसले नेपालको विकासमा निजी क्षेत्रको भूमिका रहेको सन्देश दिएको छ ।’ युनडीपी नेपालका निर्देशक रेनो मेयर ले भन्नुभयो ‘दिगो विकास लक्ष्य सरकार र राष्ट्रसंघको मात्र जिम्मेवारी नभई निजी क्षेत्र र नागरिक समाज लगायत सबै नागरिकके जिम्म्ेवारी हो । यही लक्ष्य हासिल गर्ने सरोकारवालाहरुबीच सबै तहका कार्यक्रमको योजना,कार्यन्वयन र अनुगमनको चरणमा हुने सामूहिक साझेदारीले नै यी लक्ष्य प्राीप्तमा निर्भर रहन्छ ।’

‘हामीले उडान मात्र नगरी सम्भव भएसम्म हरेक समाजको विकासका कार्यमा पनि सक्दो सहयोग गर्नु हाम्रो नियमित अभ्यास र पहलकदमी हो ।’ यति एयरलायन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले भन्नुभयो । ‘जिम्मेवार व्यवसाय गरिरहेको एक कम्पनी भएकाले विश्वव्यापी लक्ष्य हासिल गर्नका लागि राष्ट्रसंघका सँग सहकार्य गर्न पाँउदा हामी खुसी भएका छौं । यस अवसरमा हामी अन्य निजी क्षेत्रलाई समेत राष्ट्रसंघ र नेपाल सरकारसँग हातेमालो गर्दै विश्वव्यापी लक्ष्य हाँसिलमा सघाउन आह्वान एवम् प्रोत्साहन गर्दछौं ।’

प्रतिक्रिया
सम्बन्धित