Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
औषधि व्यवस्था विभागमा नारावाजी र घेराउ, चर्कियो आन्दोलन - Dainik Nepal
Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
सोमबार, ९ असोज २०७४
DainikNepal.com
सोमबार, ९ असोज २०७४

औषधि व्यवस्था विभागमा नारावाजी र घेराउ, चर्कियो आन्दोलन

दैनिक नेपाल २०७४ जेठ ४ गते १९:४९

काठमाडौं, ४ जेठ । मन्त्रिस्तरीय निर्णयबाट विदेशबाट औषधि आयात कटौती गर्ने निर्णयको विरोधमा नेपाल मेडिकल एण्ड सेल्स रिप्रिजेन्टेटिभ एसोसिएसनले विरोध गर्दै औषधि व्यवस्था विभाग घेराउ गरेको छ ।

काठमाडौंको बबरमहलस्थित विभागको कार्यालयमा बिहीबार पुगेका एसोसियसनका पदाधिकारी र सदस्यहरूले औषधि आयातमा गरिएको बन्देजको विरोध गर्दै नारावाजी र घेराउ गरेका हुन् ।

उनीहरूले विदेशबाट आयात भएको औषधिका कारण सयौँ युवाहरूले रोजगारी पाएको र सस्तोमा गुणस्तरीय औषधि उपलब्ध भएको भन्दै स्वदेशी सीमित औषधि व्यवसायीहरूको स्वार्थका लागि गरिएको निर्णय तत्काल फिर्ता गर्न माग गरे । एसोसिएसनका पदाधिकारीहरूले आफूहरूका मागप्रति ध्यान नदिए कडा कमद उठाउन बाध्य हुने चेतावनी समेत दिएका छन् ।

एसोसिएसनका महासचिव अनुप पाण्डेले स्वदेशी औषधिहरूको प्रवर्द्धनका नाममा ३४ प्रकारका औषधि आयातमा लगाइएको प्रतिबन्धले सरकार मानव स्वास्थ्यप्रति गम्भीर छैन भन्ने देखाएको आरोप लगाए । उनले सरकार मावन स्वास्थ्यसँग खेलवाड गरिरहेको आरोप लगाए ।

संविधानले प्रत्याभूति गरेको प्रतिस्पर्धाको सिद्धान्तलाई बेवास्ता गर्दै सस्तो र गुणस्तरीय औषधिमा आयात बन्द गर्ने मन्त्रिस्तरीय निर्णयले उपभाक्तलाई समस्या हुने एसोसिएसनले जनाएको छ ।

‘आयतमा प्रतिबन्ध लगाउन भनिएका ती ३४ प्रकारका औषधिहरू स्वदेशी औषधिभन्दा गुणस्तरमा कुनै पनि प्रकारले कमी नभएको र सस्तो मूल्यमा नेपाली जनताले उपभोग गर्दै आइरहेको हुँदाहुँदै स्वदेशी उद्योगलाई प्रबर्द्धन गर्ने निहुँमा ती उद्योगहरूलाई आर्थिक रुपमा रुपमा एकलौटी मुनाफा आर्जन गर्ने मौका दिएको प्रष्ट बुझिएको छ’, एसोसिएसनले औषधि विभागमा बुझाएको स्मरण पत्रमा भनिएको छ ।

एसोसिएसनले आफूहरूसँग तथा अन्य विभिन्न संस्थाहरूसँग गरिएको पटक–पटकको छलफलका बाबजुद सीमित उद्योगको स्वार्थलाई मात्र ध्यानमा राखी जनताको हकमा अधिकारलाई लत्याउने मन्त्रिपरिषदको निर्णय तत्काल फिर्ता नभए चरणबद्ध आन्दोलन घोषणा गर्ने चेतावनी समेत दिएको छ ।

यसअघि नेपाल औषधि आयातकर्ता संघले मन्त्रिस्तरीय सो निर्णयको विरोध गर्दै चरणबद्ध आन्दोलन सुरु गरिसकेको छ । संघले पनि सीमित औषधि मात्रै आयातमा रोक लगाउने निर्णयको विरोध गर्दै आएको छ । संघको आन्दोलनप्रति एसोसिएसनले ऐक्यबद्धता जनाउँदै विभाग घेराउ गरेको हो ।

विभागका महानिर्देशक भने औषधि व्यवसायीहरूको आन्दोलनलाई बेवास्ता गर्दै विदेश सयरमा निस्किएका छन् । विभागले औषधि व्यवसायीहरूको आन्दोलनलाई समाधान गर्नेतिर खासै ध्यान नदिएको व्यवसायीहरूको आरोप छ ।

संघ र एसोसिएसनले ३४ प्रकारका औषधि मात्रै आयातमा रोक लगाएर सरकारी सरोकारवाला निकायले अनियमितता गर्न खोजेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित