शुक्रबार, ६ असोज २०७४
DainikNepal.com
शुक्रबार, ६ असोज २०७४

भैरहवाको घरघरमा एकाविहानै सूर्य नमस्कार (फोटो फिचर)

दैनिक नेपाल २०७४ जेठ ४ गते १९:३८

भैरहवा, २ जेठ । भैरहवाका घरघरमा यतिबेला सूर्य अंकित झण्डा पहराउन थालेका छन् । विहान उज्यालो भएसंगै १३ वटै वडाका टोलटोलमा सयौं मानिसहरु सूर्य अंकित झण्डा फहराउदैं नमस्कार भन्दै घरघरमा जाने गरेको देखिन्छ ।

यो दृश्य साच्चिकै हेर्न लायकको देखिन्छ । चीरपरिचीत नेता कार्यकर्ताको हुल एकाविहानै नमस्कार गर्दै मतादाताको घरघरमा पुगेर चुनाबी कार्यक्रमबारे बताउदैं आएका छन् ।

एमालेको तर्फबाट आसन्न स्थानिय निर्वाचनमा मेयरको उमेदवार बनेका हरिप्रसाद अधिकारी र उपमेयरको उमेदवार बनेकी उमा काफ्ले संगै वडा अध्यक्ष र सदस्यका उमेदवारसंगै सयौं नेता कार्यकर्ता वार्ड वार्डमा पैदल हिडीरहेका देखिन्छन् ।

एमाले निर्वाचन परिचालन प्रदेश कमिटी सदस्य भरत कुमार पोखरेलका अनुसार विहानको सूर्यको किरणसंगै सूर्य अंकित झण्डाहरु नगरका हरेक वार्डहरुका घरहरुमा प्रवेश गरिरहेको बताए ।

एमालेको घरदैलो अभियान संगै भैरहवामा आजभोली राजनितीक माहौल पनि तातेको छ । नगर निर्वाचन परिचालन संयोजक जिवलाल अर्यालका अनुसार एमाले सिद्धार्थनगरका नेता कार्यकर्ताहरु विहानै स्वच्छ हावासंगै सूर्यको झण्डा लिएर घरघरमा पुग्दा मतादाताहरु खुसीले गदगद हुदैं जेठ ३१ गतेको निर्वाचनमा एमालेलाई नै मतदान गर्ने प्रतिबद्धता जनाएका छन्

एमाले जिल्ला सदस्यहरु प्रेम कुमार सेन्चुरी, लालमोहमद पठान, उमा अधिकारी, पम्फावति खनाल, अनेरास्ववियु जिल्ला सहसचिब लक्ष्मी केसी, युवा संघका प्रकाशभक्त श्रेष्ठ, धुव्र अधिकारी सहित नेता कार्यकर्ता वडा वडामा पुगिरहेका छन् ।

एमालेले नगर विकासको योजनासहितको ६५ बुँदे प्रतिबद्धतापत्रसहित घरदैलो अभियानमा सहभागी छ । विकास निर्माण र सिद्धार्थनगरको परिकल्पनासहितको प्रतिबद्धता पत्र कृषि, पर्यटन, विकास निर्माण, निजी तथा सरकारी विद्यालयको विकास निर्माणका योजना, पिउने पानी, ढलनाला, संचार क्षेत्रको उत्थान, पार्क निर्माण, भ्रष्टाचारमुक्त नगर, सरसफाई,, हस्तकला, विभिन्न धर्म संस्कृतिको संरक्षण, बुद्ध नगरी अभियान, स्मार्ट सिटी, शिक्षा, स्वास्थ्य, उद्योग–व्यवसायको संरक्षण एवं प्रबद्र्धन लगायतका योजनाहरु समेटिएको छ ।

एमालेले सिनपाको वडा अध्यक्षका उमेदवारहरु १ नम्बर वडामा धर्मराज गिरी र रामबहादुर बस्नेत मध्ये एकजना, २ नम्बर वडामा दिपक थापा, ३ नम्बर वडामा थानेश्वर पौडेल, ४ नम्बर वडामा इस्लाम अली चुडीदार, ५ नम्बर वडामा चेतबहादुर क्षेत्री, ६ नम्बर वडामा नसीबदार मुसलमान, ७ नम्बर वडामा हितराज पन्थि, ८ नम्बर वडामा राजेन्द्र प्रसाद पन्थिलाई चुनाबी मैदानमा उतारेको छ ।
यसैगरी वडा नम्बर ९ बाट शेषकान्त भण्डारी, १० बाट शंकर मुराव, ११ बाट दिलीप यादव, १२ बाट घनेन्द्र विक्रम पाण्डे र १३ बाट सतिस मर्रासीनिले पनि वडाअध्यक्षको रुपमा मतादाता समक्ष मत मागिरहेका छन् । यसैगरी प्रत्येक वडामा एमालेले वडा सदस्यहरुको पनि टुंगो लगाई चुनाबी अभियानमा उमेदवारलाई खटाएको छ ।

एमालेका मेयर उपमेयरका उमेदवारसंगै वडा अध्यक्ष र सदस्यहरु भैरहवाको घरघरमा मतादाता समक्ष मतमाग्न पुगीरहदा भने कांग्रेस, माओवादी केन्द्र र राप्रपा लगायतका दलले उमेदवारको टुंगो नलगाएको अवस्था छ । सिद्धार्थनगर नगरपालिकाको कुल मतदाता भने ३३ हजार ६ सय १५ रहेको छ । जसमा पुरुषको १७ हजार ६ सय ४७ र महिलाको १५ हजार ९ सय ९८ रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हुमानाथ गौतमले जानाकारी दिएका छन् ।

११ नम्बमा दाह्र्री बाबा नहि हरी बाबा

यसैबीच एमाले सिद्धार्थनगरको घरदैलोमा मतादाताले रोचक नारा लगाउन थालेका छन् । विगतका २ वटा स्थानिय निर्वाचनमा वडा अध्यक्ष जितेर वडामा आफनो पकड जमाएका स्थानिय नेता दीलिप यादव केही समय एमाले प्रवेश गरेक थिए । उनी हाल सिनपा १२ को वडा अध्यक्षमा उमेदवार बनेका छन् ।

११ नम्बर वडाका मतादाताले स्थानिय भाषामा एमालेका उमेदवारहरुलाई हौसाउदै नाराबाज्री गरेका छन् । उनीहरुले भनेका छन् इस बार भैरहवामें दाह्री बाबा नहि हरि बाबा ।

 

प्रतिक्रिया
सम्बन्धित