शुक्रबार, १३ साउन २०७४
DainikNepal.com
शुक्रबार, १३ साउन २०७४

मतगणनामा खटिएका कर्मचारीहरु सुरक्षा माग गर्दै प्रशासनमा

दैनिक नेपाल २०७४ जेठ ४ गते १८:४१

सल्यान, ४ जेठ । शारदा नगरपालिकामा मतगणनामा खटिएका कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालयसँग जिउ ज्यानको सुरक्षाको माग गरेका छन् । शारदा नगरपालिकाको मतगणनामा खटिएका १६ जना कर्मचारीहरुले सामुहिक रुपमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर आफुहरु असुरक्षित भएको भन्दै दिएका हुन ।

केहि राजनितिक दलका जिम्मेवार नेताहरु र मेयेरका उम्मेदवारले आफुहरुलाइ मतगणनाकै विषयलाई लिएर जे पनि हुन सक्ने भन्दै धम्की दिएको उनिहरुले बताएका छन् । उनिहरुले आफुहरुको सुरक्षामा गम्भिर चिन्ता देखिएको भन्दै जिउधनको सुरक्षा गरिदिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् । मतगणनामा खटिएका कर्मचारीहरुले प्राप्त मत परिणामको अभिलेखिकरणमा गल्ती गरेको भन्दै एमालेले मतगणना वहिस्कार गरेपछि मंगलबार वेलुकी देखि शारदा नगरपालिका सल्यानको मतगणना रोकिएको थियो ।

त्यसपछि एमाले, माओवादी केन्द्र र राप्रपाले पुनः मतगणनाको माग गर्दै आएका थिए । आज विहिबार दिउँसो बसेको सर्वदलिय वैठकले आवश्यक ठानेमा असन्तुष्ट पक्ष अदालत जान सक्ने, मत गणना गर्दा लगाइएका रेजाको पुर्नपुष्टि गर्ने र मतगणनामा खटिएका कर्मचारीहरुको हेरफेर गर्ने सहमति भएपश्चात मतगणना शुरु गर्ने सहमति भएको नेताहरुले बताएका थिए । तिनदिनदेखि रोकिएको मतगणना भने आज वेलुकीदेखि गर्ने सहमति भएपनि दलका प्रतिनिधि आउने क्रम जारी रहेकोले अहिले सम्म शुरु हुन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित