शुक्रबार, ६ असोज २०७४
DainikNepal.com
शुक्रबार, ६ असोज २०७४

कांग्रेस महामन्त्रीको चुनावी क्षेत्रमा एमाले विजयी, भत्कियो कांग्रेसको सबैभन्दा बलियो गढ

दैनिक नेपाल २०७४ जेठ ४ गते १७:२४

नवलपरासी, ४ जेठ । नवलपरासी जिल्लामा नेपाली काँग्रेसको सबैभन्दा बलियो पकड भएको क्षेत्र मानिने गैँडाकोट नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार छत्रराज पौडेल विजयी हुनुभएको छ ।

गैँडाकोट नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले चुनाव जितेको निर्वाचन क्षेत्र हो ।

यसैगरी उपप्रमुखमा भने काँग्रेसका विष्णु कँडेल सापकोटा विजयी बन्नुभएको छ । गैँडाकोटमा प्रमुखमा विजयी पौडेलले कुल ११ हजार ३०२ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गजेन्द्र आलेले ११ हजार ७८ हजार मत प्राप्त गर्नुभएको थियो ।

उपप्रमुखमा कुल ११ हजार ५५५ मत प्राप्त गरी काँग्रेसका विष्णु कँडेल सापकोटा विजयी बन्नुभएको भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका राधा पाण्डेले १० हजार ४५६ मत प्राप्त गर्नुभयो ।

नवलपरासीमा हालसम्म नगरपालिकातर्फ देवचुली, गैँडाकोट र मध्यबिन्दु र गाउँपालिकातर्फ बुलिङ्टार हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकालीमा मतगणना सम्पन्न भइसकेको छ ।

प्रमुख पदमा गैँडाकोटबाहेक अरु सबै स्थानमा काँग्रेसका उम्मेदवार विजयी बनेका छन् । अब नवलपरासीमा कावासोती नगरपालिकामा मात्र परिणाम घोषणा हुन बाँकी छ । रासस

प्रतिक्रिया
सम्बन्धित