Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
उद्योगमन्त्री जोशी बने लगानी बोर्डको उपाध्यक्ष - Dainik Nepal
Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
सोमबार, ९ असोज २०७४
DainikNepal.com
सोमबार, ९ असोज २०७४

उद्योगमन्त्री जोशी बने लगानी बोर्डको उपाध्यक्ष

दैनिक नेपाल २०७४ जेठ ४ गते १७:१३

काठमाडौं, ४ जेठ । उद्योग मन्त्री एवं लगानीबोर्डका नव नियुक्त उपाध्यक्ष नविन्द्रराज जोशीले लगानी बोर्डलाई विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरि ठुलापुर्वाधार परियोजनाहरु प्रभावकारी ढंगले अगाडि बढाउन एउटा सशक्त निकायको रुपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

मन्त्री जोशीलाई बोर्डको उपाध्यक्षको समेत जिम्मेबारी दिने निर्णय बुधबार सरकारले गरकोे हो ।

मन्त्री जोशीको सम्मान मा लगानी बोर्डको कार्यालयले बोर्डकै कार्यालय नयाँ बानेश्वरमा बिहीबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँले उक्त धारणा राख्नु भएको हो ।

उहाँले लगानीबोर्डले आफ्नो विज्ञता र विशिष्टतालाई परियोजना पहिचान एवं तिनीहरुले रोजगारी, राजश्व तथा समग्र अर्थव्यवस्थामा दिने योगदानबारे अनुसन्धान एवं लगानी सहजीकरणको काममा प्राथमिकता दिनुपर्ने मा जोड दिंदै बोर्डको काममा आईपर्ने समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयहरु सँग छलफल गरी अगाडि बढ्न समेत सुझाव दिनुभयो ।

उहाँले लगानीबोर्डको कामलाई अझ सहज बनाउन लगानीबोर्ड ऐनमा आवश्यक संशोधन गर्नुपर्ने भए त्यसको लागि पनि आफ्नो तर्फबाट आवश्यक सहयोग हुने आश्वासन समेत दिनुभयो ।

उक्त अवसरमा उद्योग सचिव शंकर प्रसाद कोईरालाले पुँजीगत खर्चकमहुनु सबै मन्त्रालयको समस्या रहेको बताउँदै लगानीबोर्डले अगाडिबढाएका परियोजनाको सहज कार्यान्वयन मा उद्योग मन्त्रालयको सहयोेग सदैव रहने आश्वासन दिनुभयो ।

मन्त्री जोशीलाई स्वागतगर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले उहाँलाई उपाध्यक्षको रुपमा पाउँदा बोर्ड उत्साहित भएको र बोर्डले हाल भोगिरहेका समस्या समाधानमा उहाँको मार्ग निर्देशन र सहयोग महत्वपूर्ण हुने बताउनु भयो । उहाँले लगानी बोर्डले अगाडि बढाएका र तयार पारेका परियोजनाहरु एवं हाल परियोजना कार्यान्वयनमा देखिएका समस्याबारे जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित