सोमबार, १५ जेठ २०७४
DainikNepal.com
सोमबार, १५ जेठ २०७४

गुल्मिकी अनुलाई ‘नेशनल एक्टिङ कम्पिटिसन’ उपाधि

दैनिक नेपाल २०७४ जेठ ४ गते ७:२०

काठमाडौं । देशकै सर्वाधिक चर्चामा रहेको अभिनय प्रतियोगिता नेशनल एक्टिङ कम्पिटिसन अनु थापाले जितेकी छन् ।

२४ वर्षीया थापाले देशभरबाट सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी चुमेकी हुन् । बिजेता थापाले दुई लाख पचास हजार बराबरको बिभिन्न उपहार, चलचित्र तथा ब्यवसाहिक बिज्ञापन अभिनय अवसर उपहारका रुपमा प्राप्त गरेकी छन् ।

प्रतियोगितामा धनुषाका निस्चल कार्की दोस्रो र पाँचथरका उज्वल अधिकारी तेस्रो भए । तीन प्रतियोगी टप २५, टप १५, टप ६ हुँदै विजेता बनेका हुन् ।

अभिनयको माध्यमबाट उत्कृष्ट प्रतिभा छान्ने यो देशकै पहिलो रियालिटी शो हो । चर्चित अभिनेता दयाहाङ राई, अभिनेत्री ऋचा शर्मा र अभिनेता अनुप बराल प्रतियोगिताको निणार्यकमा रहेका थिए ।

इमेज च्यानलबाट प्रत्येक बिहीबार बेलुका ८ः२० बजे प्रसार हुँदै आएको प्रतियोगिताको अन्तिमस्पर्धा राजधानीमा सम्पन्न भएको हो ।

अनुप बराल, विक्रम परियार, देव न्यौपाने, दिया मास्के लगायतले प्रतियोगीलाई अभिनयको बिभिन्न प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित