शुक्रबार, १३ साउन २०७४
DainikNepal.com
शुक्रबार, १३ साउन २०७४

रसियाली वेबसाइट रोक्नमा मस्कोको हात : युक्रेन

दैनिक नेपाल २०७४ जेठ ४ गते ७:१४

कीभ (युक्रेन), ४ जेठ । युक्रेनको राष्ट्रपतिको कार्यालयले आफ्नो वेबसाइटमा रसियाको आक्रमण भएको बुधबार जनाएको छ ।

मस्कोबाट सञ्चालित प्रसिद्ध सामाजिक सञ्जालमाथि युक्रेनमा प्रतिबन्ध लगाइएपछि रसियाद्वारा युक्रेनी वेबसाइटमा नै आक्रमण गरेको कीभको भनाई छ ।

“हामीले मस्कोबाट सञ्चालनमा ल्याइएको एक सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछिको रसियाली प्रतिक्रिया देखिरहेका छौँ,” राष्ट्रपति पेट्रो पोरोसेन्कोका प्रशासन उपप्रमुख दिमित्री सिमकिव मङ्गलबार राति फेस बुकमा पोस्ट गरेको विज्ञप्तिमा जनाइएको छ । “राष्ट्रपतिको वेबसाइटमा निरन्तररुपमा सङ्गठित रुपमा आक्रमण भएको छ ।”

“प्रविधि विशेषज्ञहरुले वेबसाइटको अवस्थालाई नियन्त्रणमा लिएका छन् त्यसैले अब वेबसाइटमाथि कुनै खतरा रहेको छैन,” सिमकिवले बताउनुभयो । बुधबार वेबसाइट सञ्चालनमा आइसकेको उहाँले थप्नुभयो ।

यता रसियाली प्रशासन केन्द्र क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले किभको आरोप आधारहीन भएको भनी खण्डन गर्नुभएको छ ।

सञ्चारकर्मीसँगको कुराकानीमा पेस्कोभले भन्नुभयो, “युक्रेनको दाबीमा कुनै विश्वासयोग्य आधार केही छैन, यो केवल रसियामाथिको आधारहीन आरोप मात्र हो ।”

युक्रेनी प्राविधिक विज्ञ तथा पश्चिमा मुलुकले पटकपटक कहिल्यै आक्रमणको तथ्य दिन नसक्ने गरेका तर रसियाली समूह वा रसियाली सरकारसँग निकट स्रोतमाथि आरोप भने लगाउने गरेको रसियाली दाबी छ ।

युक्रेनले मङ्गलबार युक्रेनीहरुबीच निकै प्रसिद्ध रहेको सामाजिक सञ्जाल र इन्टरनेट खोजी गर्ने यन्त्रलाई प्रतिबन्धित गरेको थियो । युक्रेनद्वारा पछिल्ला तीन वर्ष यता रसियाद्वारा युक्रेनी पृथकतावादी युद्धलाई पूर्वी युक्रेनमा समर्थन गर्दै आएपछि क्रिमियालाई रसियामा बिलय गरेपछि रसियाद्वारा सञ्चालित सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको बताइन्छ । –एएफपी

प्रतिक्रिया
सम्बन्धित