शुक्रबार, १३ साउन २०७४
DainikNepal.com
शुक्रबार, १३ साउन २०७४

मेयर र उपमेयरमा राप्रपाको पहिलो जित, माओवादीलाई हराउँदै रुवीभ्यालीमा झण्डा गाड्यो

दैनिक नेपाल २०७४ जेठ ३ गते १७:११

धादिङ, ३ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयर र उपमेयरमा खाता खोलेको छ ।

प्राप्त मतपरिणामअनुसार धादिङको उत्तरी रुवीभ्याली गाउँपालिकाको प्रमुख र उपप्रमुखमा जित हासित गर्दै राप्रपाले खाता खोलेको हो ।

रुवीभ्यालीको प्रमुखमा राप्रपाका चेरुङ तामाङ निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रामसिंह तामाङलाई ५३१ पराजित गरे ।
निर्वाचन अधिकृत गंगाबहादुर खरेलका अनुसार चेरुङले १४८४ मत पाएका छन् भने रामसिंहले ९५३ मत ल्याएका छन् ।

त्यस्तै उपप्रमुखमा राप्रपाकै उम्मेदवार विना लामा विजयी भएकी छन् । १४०९ मत ल्याएकी लामाले माओवादी केन्द्रकी उम्मेदवार अमृता गुरुङलाई हराएकी हुन् । गुरुङले ९७२ मत पाएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित