शुक्रबार, ६ असोज २०७४
DainikNepal.com
शुक्रबार, ६ असोज २०७४

टेनिसमा भारत, श्रीलंका र बंगलादेशको जित

दैनिक नेपाल २०७४ जेठ ३ गते ७:४१
काठमाडौं, ३ जेठ । भारत र श्रीलंकाले आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा मंगलबार दोहोरो जित हात पारेका छन् । बंगलादेशले पनि एक जित आत्मासात् ग-यो ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजको समूह ‘बी’ को प्रतिस्पर्धामा बंगलादेशले नेपाललाई २–१ ले पराजित ग-यो । सिंगल्समा बंगलादेशका मोहमद रोमन होसैनले नेपालका आरभसम्राट हाडालाई ५–३ र ४–१ को सोझो सेटमा हराए ।
अर्को सिंगल्समा नेपालका आर्यन गिरीले बंगलादेशका हसन माहादी अल्भेलाई १–४, ४–० र ४–१ ले हराउदै खेललाई १–१ को बराबरी स्थितिमा ल्याएका थिए । डबल्समा भने नेपाली जोडी आरभ र आर्यन बंगलादेशी जोडी रोमन र जुवैद उत्सोसंग ५–४ ९२० र ४–२ ले चुके ।
ब्वाइजको समूह ‘ए’ मा भारतले भुटानलाई ३–० पाखा लगायो । गल्र्सको समूह ‘ए’ मा पनि भारतले नेपाललाई ३–० कै नतिजामा निराश पार्दै दोहोरो जित निकाल्न सफल भयो ।
नेपालबाट सर्भानी श्रेष्ठ र ईशाश्री शाहले सिंगल्समा प्रतिस्पर्धा गरेका थिए भने सर्भानी र सुभांगीलक्षमी शाहले डबल्समा खेलेका थिए । तीनवटै स्पर्धामा नेपाली खेलाडी सोझो सेटमा पराजित भयो ।
अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत ब्वाइजमा श्रीलंकाले भुटानलाई ३–० तथा गल्र्समा पाकिस्तानलाई २–१ ले पन्छायो ।
सोमबार वर्षा बाधक बनेपछि पूरा हुन नसकेको खेल पनि मंगलबार सम्पन्न भएको छ । त्यसमा ब्वाइजतर्फ नेपालले श्रीलंकालाई २–१, बंगलादेशले पाकिस्तानलाई २–१ र भुटानले माल्दिभ्सलाई ३–० तथा गर्ल्समा बंगलादेशले भुटानलाई २–१ को नतिजामा हराए ।
श्रीलंका विरुद्धको खेलमा नेपालबाट आरभ र आर्यन कोर्टमा उत्रेका थिए । पहिलो सिंगल्समा हार व्यहोरेको नेपालले त्यसपछिको सिंगल्स र डबल्समा जित हात पार्दै नतिजा आफ्नो पक्षमा पारेको थियो ।
प्रतिक्रिया
सम्बन्धित