सोमबार, ४ मंसिर २०७४
DainikNepal.com
सोमबार, ४ मंसिर २०७४

एसिएन सर्भिस अवार्ड टेक केसीलाई प्रदान

दैनिक नेपाल २०७४ जेठ ३ गते ६:२०

सिकागो । अमेरिकाको इलिनोइज राज्यले अल्पसंख्यक रुपमा रहेका एसिएन आप्रवासीको लागि शैक्षिक सांस्कृतिक र सामाजीकरणमा अगाडि बढाउन गठन गरिको एसिएन हेरिटेज काउन्सिलले यस वर्षको कम्युनिटी सर्भिस अवार्ड सिकागो निवासी टेकबहादुर केसीलाई प्रदान गरेको छ ।

मे १६ मा इलिइनोइज सेक्रेटरी अफ स्टेटका जेसी ह्वाइटद्वारा सिकागो डाउन टाउनमा एसियाका करिब बीसभन्दा बढी देशका समुदायका अगुवा समाजसेवीबीच आयोजित अवार्ड बितरण कार्यक्रममा ५०० भन्दा बढी एसिएन अमेरिकीहरूको उपस्थिति रहेको थियो ।

केसी सङ्गै एसियाका करिब २० जना अन्य समाजसेवीहरूले कम्युनिटी अवार्ड पाएका थिए । काउसिन्लले हरेक वर्ष आ–आफ्नो कम्युनिटीभित्र समाजसेवामा लागेका अगुवाहरूलाई दिने गर्दछ ।

यो काउन्सिलबाट नेपालीहरू शारदा थापा, बिष्णु फुयाल, बाला घिमिरे र सुवर्ण प्रधान तथा सिकागोल्यान्ड नेपाली फ्रेन्ड्शिप सोसाइटीका पूर्व सभापतिहरू खेम पाठक र गोपाल कंडेलले प्राप्त गरिसकेका छन् ।

अवार्ड सेरोमनी प्रोग्राममा नेपाली, कोरियन र भियतनामी कलाकारहरूबाट आ–आफ्ना देशको सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
ललिता पौडेल, बिष्णु दर्लामी र सिन्जु न्यौपानेले प्रस्तुत गरेको नाच निकै प्रभाबकारी रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित