सोमबार, १५ जेठ २०७४
DainikNepal.com
सोमबार, १५ जेठ २०७४

न्युयोर्कमा साइकल -याली गरिने

दैनिक नेपाल २०७४ जेठ २ गते १०:०३

न्युयोक । न्युयोर्कमा नेपालको पर्यटन प्रवर्धन गर्न साइकल —याली गरिने भएको छ ।

नेपाली पर्यटनदूतको कार्यलयले प्राकृतिक सुन्दरता, एैतिहासिक, पुरातात्विक र धार्मिक सम्पदा र मौलिक कला संस्कृति झल्किने व्यानर सहितको —याली गरिनेछ । न्यूयोर्कको म्यानह्याटनको विभिन्न गल्लि हुँदै टाइम्स स्क्वायरमा पुगेर समापन गरिनेछ ।

–्यालीको लागि अनुमति प्रकृया अन्तिम चरणमा पुगेको न्यूयोर्कका लागि अवैतनिक पर्यटनदूत प्रदीप श्रेष्ठले जानकारी दिए ।

आगामी जुनको अन्तिम साता आयोजना गरिने साइकल –यालीमा न्यूयोर्कका विभिन्न ३ वटा अमेरिकन साइकल राइडरर्स क्लवहरुको पनि सहभागिता रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित