Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
नेपाली तेक्वान्दो प्रशिक्षकलाई अमेरिकामा ‘छैठौं ब्लाक बेल्ट’ उपाधि प्राप्त - Dainik Nepal
Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
सोमबार, ९ असोज २०७४
DainikNepal.com
सोमबार, ९ असोज २०७४

नेपाली तेक्वान्दो प्रशिक्षकलाई अमेरिकामा ‘छैठौं ब्लाक बेल्ट’ उपाधि प्राप्त

दैनिक नेपाल २०७४ वैशाख ३१ गते १८:२८

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

– विजय थापा

वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको ग्रान्ड मास्टर एचकेली एकडेमी अफ तेक्वान्दो इन भर्जिनियाले नेपाली मूलका तेक्वान्दो प्रशिक्षक कृष्ण बहादुर बलाललाई छैठौ कालो फित्ता उपाधि प्रदान गरेको छ ।

उक्त एचके ली तेक्वान्दो पाठशालामा प्रशिक्षकको रुपमा कार्यरत प्रशिक्षक बलाललाई पाठशालाले उनि सहित अन्य ५ जना छैठौ ब्लाक बेल्ट डिग्री प्रदान गरेको हो ।

उक्त पाठशालामा नेपाली प्रशिक्षक, खेलाडी तथा प्रतियोगितामा नेपालको व्यापक प्रतिनिधि रहने हुनाले उक्त तेक्वान्दो पाठशालामा नेपालको झन्डा शानदार सम्म भित्तामा अन्य देश संगै सजिएको छ ।

बलालले नेपालको झन्डा रहेको उक्त प्रशिक्षण कक्षमा बिशेष प्रस्तुति गर्दै बिशेष समारोहमा बलाललाई छैठौ उपाधि ले सम्मान गरिएको छ ।

संस्थापक एचके ली कोरियन मुलका हुन् भने उनले नेपालीलाई माया गर्ने र विश्वास आफूभित्र रहेको बताउदै उक्त पाठशालाका पूर्व चेला तथा प्रशिक्षक कुमार कार्कीको नाम लिदै उनको भूमिकाको सराहना गरेका थिए ।

प्रशिक्षक बलाल ले नेपाल बाट नै छैठौ कालो फित्ता उपाधि प्राप्त गरि सकेका हुन भने उनको गत मे १३ तारिखमा दोब्बर छैठौ उपाधि प्राप्त गरेका हुन् ।

उनी निर्णायकको भूमिकाको निर्वाह गर्छन भने क समुहका प्रमाणित निर्णायक पनि हुन् । बलाल बिश्वका ३० वटा देशमा टोली नेता, व्यवस्थापक, निर्णायक तथा खेलाडीको रुपमा सहभागी भइसकेका छन् । उनी नेपाल अन्तरर्राष्ट्रिय तेक्वान्दो फेडेरेसन, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका पूर्व अध्यक्ष पनि रही सकेका छन् ।

सन् २०१२ देखि डीसी को ली तेक्वान्दो पाठशालामा प्रशिक्षकको रुपमा कार्यरत छन भने उनि नेपाल तेक्वान्दो फेडेरेसन का वरिष्ठ सल्लाहकार तथा युनाईटेड स्टेट्स ते क्वान्दो फेडेरेसनका सल्लाहकार पनि हुन् ।

प्रतिक्रिया
सम्बन्धित