सोमबार, १५ जेठ २०७४
DainikNepal.com
सोमबार, १५ जेठ २०७४

निन्द्रामा बडबडाउने बानी छ ? यसो गर्नुहोस्

दैनिक नेपाल २०७४ वैशाख ११ गते १७:५९

एजेन्सी । कतिपय मानिसहरु निदाइरहेको बला बडबडाउने हुन्छन् । जसले गर्दा उनीहरु निकै चिन्तित पनि हुने गर्छन् । यो समस्या लिएर डाक्टरकहाँ पनि पुग्ने गर्छन् । तर, यो समस्याबाट छुटकारा पाउनका लागि केही घरेलु उपाय अपनाउन सकिन्छ :

– मानिस थकानकै कारण रातिको समयमा बडबडाउने गर्छन् । यसबाट बच्नका लागि पर्याप्त आराम चाहिन्छ । यसका लागि निद्रा पुरा गर्नुपर्छ । सकिन्छ भने दिनमा पनि सुत्न सकिन्छ । तर दिनमा आधा घण्टा भन्दा बढी निदाउनु हुँदैन ।

– यदि मदिरा खाने बानी छ भने त्यसलाई त्याग्नुहोस् । केही मानिस रातिको समयमा मदिरा पिइरहेको शैलीमा बडबडाउने गर्छन् । त्यसैले विस्तारै छोड्ने बानी गर्नुपर्छ ।

– यो समस्याबाट छुटकारा पाउनका लागि सबैभन्दा पहिलो तनावमुक्त हुनुपर्छ । कार्यालयको तनाव त्यही ठाउँमा छोड्नुहोस् । संगीत सुन्न सक्नुहुन्छ । त्यस्तै, तपाईलाई मन पर्ने कुनै काम गर्नुहोस् ।

– यदि यस्ता थुप्रै उपाय अपनामउँदा पनि समस्या दुर गर्न सकिएन भने एक पटक स्वास्थ्य संस्थामा गएर डाक्टरसंग सल्लाह गर्नुहोस् ।

– निद्रामा बोल्ने समस्याबाट बच्नका लागि रातमा केफिन भएको चिज जस्तै चियाकफीबाट टाढा बस्नुहोस् । चियाकफीको प्रयोगले निन्द्रा प्रभावित हु्ने गर्छ भने थकान पनि महसुश हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित