शनिबार, १३ जेठ २०७४
DainikNepal.com
शनिबार, १३ जेठ २०७४

मानब बेचबिखनमा एजुकेशनल कन्सलटेन्सीको पनि हात

दैनिक नेपाल २०७४ वैशाख ८ गते २१:५१

– नरेश केसी

भैरहवा, बैशाख ८ । मानव बेचबिखनमा एजुकेशनल कन्सलटेन्सीको पनि हात रहेको निचोड एक कार्यक्रमका सहभागीले निकालेका छन् ।
भैरहवामा सम्पन्न मानब बेचबिखनको विरुद्ध आयोजित क्षेत्रीय गोष्ठीका सहभागीले यस्तो निचोड निकालेका हुन् । मानव बेचबिखनको क्षेत्रमा काम गरिरहेका संघसंस्था र नेपाल स्थित सरकारी कार्यलयका प्रतिनिधीले यस्तो निश्कर्ष निकालेका हुन् ।

एजुकेशनल कन्सलट्यान्सीले किशोर अवस्थाका युवायुवतिहरुलाई विदेशको विभिन्न आकर्षक अफर देखाएर उनीहरुलाई प्रभावित गरी बैदेशिक शिक्षा र राम्रो रोजगारीको नाममा कयौंलाई बेच्ने गरेको निश्कर्ष सहभागीले निकालेका हुन् । उनीहरुले विभिन्न प्रलोभनमा पारी किशोर किशोरीलाई फसाउने गरेकोले विभिन्न नाममा सन्चालित कन्सल्टयान्सी, ल्यांग्वेज र ट्युशन सेन्टरमा अनुसन्धान गर्नुपर्नेमा जोड समेत दिए ।

नमूना एकिकृत विकास परिषद रुपन्देहीका अध्यक्ष ज्ञानु पौड्यालको सभापत्वि, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त गोष्ठीमा युनाइटेड नेशन एण्ड अफीस अन ड्रग्स एण्ड क्राइम (युएनओडीसि) दिल्ली प्रमुख रुचिका गौतम, नेपाल प्रमुख विनीजा गोपर्मा, बंगाल नाटक डट्कमका निर्देशक अन्नया भट्टाचार्य लगायतले आ आफ्नो प्रस्तुति दिदैं मानब बेचबिखनमा एजुकेशनल कन्सलटेन्सीको हात हुने देखिएकोले सो सम्बन्धमा विशेष अनुसन्धान थालिनुपर्नेमा जोड दिए । सो अवसरमा फर्साटिरको किशोर समुहले एजुकेशनल ग्रुपले कसरी युवायुवतिलाई बेच्ने गर्छन भनेर नाटक समेत प्रदर्शन गरेक थिए ।

नमूना एकिकृतको आयोजना, कन्ट्याक्ट बेस भारत र युएनओडिसीको सहयोगमा सम्पन्न उक्त कार्यक्रम पश्चात रुपन्देहीका ३० जना किशोर किशोरीलाई मानब बेचबिखन विरुद्धमा तालिम समेत दिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित