बिहीबार, १२ साउन २०७४
DainikNepal.com
बिहीबार, १२ साउन २०७४

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

दैनिक नेपाल २०७४ वैशाख ८ गते २१:४८

काठमाडौँ, ८ वैशाख । भारतको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ स्वदेश फिर्ता हुनुभएको छ ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय कमल थापा र कृष्णबहादुर महरालगायत उच्चपदस्थ अधिकारीले स्वागत गर्नुभयो ।

सो अवसरमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो । राष्ट्रपतिसँगै भ्रमण दलका सदस्य शान्तिमन्त्री सीतादेवी यादवलगायत पनि स्वदेश फर्कनुभएको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत सो भ्रमणअन्तर्गत नयाँ दिल्लीका महत्वपूर्ण भ्रमणपछि नेपाल फर्कनुभएको थियो । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही वैशाख ३ गते त्यसतर्फ जानुभएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित