Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
निर्वाचन नभए सरकारको प्रतिकार जनताले गर्छन् : नेम्वाङ - Dainik Nepal
Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107
सोमबार, ९ असोज २०७४
DainikNepal.com
सोमबार, ९ असोज २०७४

निर्वाचन नभए सरकारको प्रतिकार जनताले गर्छन् : नेम्वाङ

दैनिक नेपाल २०७४ वैशाख ८ गते २०:१२

Warning: mysql_num_fields() expects parameter 1 to be resource, boolean given in /home/dainiknepal/public_html/wp-includes/wp-db.php on line 3107

काठमाडौं, ८ वैशाख । नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्बाङले स्थानीय तहको निर्वाचन हुँदैन कि भनेर कोही पनि अन्योलमा नरहन आग्रह गर्नुभयो ।

आज एमाले ताप्लेजुङ काठमाडाँै सम्पर्क मञ्चले यहाँ नयाँ वर्ष २०७४ सालको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा स्थानीय तहको निर्वाचनको सन्दर्भमा आयोजित कार्यक्रममा उहाँले तोकिएको समयमा नै निर्वाचन हुने भन्दै निर्वाचन हुँदैन कि भनेर भ्रममा नपर्न आग्रह गर्नुभयो ।

उहाँले मुलुकभर निर्वाचनको वातावरण बनिसकेको बताउँदै निर्वाचन नभए जनताले नै सरकारको प्रतिकार गर्ने धारणा राख्नुभयो ।

पूर्व सभामुखसमेत रहनुभएका नेता नेम्बाङले मधेसी मोर्चा निर्वाचनका सन्दर्भमा गरेको आन्दोलनको तुक नभएको भन्दै त्यसले निर्वाचनमा कुनै असर नपर्ने बताउनुभयो । उहाँले निर्वाचनमा पार्टी एक ढिक्का लागेर लाग्ने भन्दै पार्टीले गुटउपगुटलाई नहेरी सक्षम र योग्यलाई उम्मेदवार बनाउने जानकारी गराउनुभयो ।

कार्यक्रममा सचिव योगेश भट्टराईले निर्वाचन अब कसैले पनि चाहेर रोक्न नसक्ने दाबी गर्नुभयो । “देश चुनावमय भइसकेको छ । जनता मतदान गर्न आतुर छन्” उहाँले भन्नुभयो– “अब कसैले पनि नजिक आएको निर्वाचन रोक्न सक्दैन ।” रासस

प्रतिक्रिया
सम्बन्धित