शनिबार, १३ जेठ २०७४
DainikNepal.com
शनिबार, १३ जेठ २०७४

मन्त्री बोहराद्वारा आचारसंहिता उल्लंघन, आयोगमा उजुरी

दैनिक नेपाल २०७४ वैशाख ८ गते १८:४३


भैरहवा, ८ बैशाख । आपूर्ति मन्त्री दिपक बोहराले आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

हिजो ओेम सतिया गाउपालिका वार्ड न.१ ठुटिपिपलमा निर्माण भएको सडक उद्घाटन गरेका मन्त्री बोहोरा विरुद्ध आज जिल्ला निर्वाचन कार्यालय रुपन्देहीमा उजुरी परेको हो ।

चुनाव घोषणा भइसकेपछि निर्वाचन आयोगले लागू गरेको आचार संहिता विपरित मन्त्री बोहराले सडक उद्घाटन गरेको भन्दै आयोगमा उजुरी परेको निर्वाचन अधिकृत हुमनाथ गौतमले जानकारी दिए ।

उनले आचारसंहिता उल्लंघनको सबुत प्रमाण सहित निर्वाचन कार्यालयमा उजुरी दर्ता परेपछि कार्यालयले सिधै सक्कल कागजात सहित केन्द्रमा पठाएको बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले उद्घाटन लगायतका कार्यक्रममा नजान मन्त्रीलाई आग्रह गर्दा गर्दै पनि घुमघामका लागि भन्दै मन्त्री गएर सडक उद्घाटन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित