बिहीबार, १२ साउन २०७४
DainikNepal.com
बिहीबार, १२ साउन २०७४

फेरि सुरु भयो सत्तारुढ दल र मोर्चाको बैठक, आजै सहमति हुने सम्भावना

दैनिक नेपाल २०७४ वैशाख ८ गते १८:११

काठमाडौं, ८ वैशाख । सहमतिको प्रयास स्वरुप सत्तारुढ दल र मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठक पुनः सुरु भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा भरखरै सुरु भएको बैठकमा संविधान संशोधनको विधेयक र स्थानीयत तहको निर्वाचनका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

मोर्चाको मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल हुनेछ ।

मधेसी मोर्चाले सीमाङ्कनसहितका आफूहरूको मागलाई फाष्ट ट्रयाकबाट संशोधन गरिए चुनावमा सहभागी हुने आश्वासन दिएको छ ।

तर, सत्तारुढ दलका नेताहरूले स्थानीय तहको निर्वाचनमा सहभागी हुने प्रतिवद्धता नआएसम्म मोर्चालाई विश्वास गर्न नसकिने जनाइ रहेका छन् ।

यसअघि आजै बिहान सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठक बसेको थियो । आन्तरिक तयारपछि बैठक बस्ने भनिएपछि अहिले पुनः छलफल सुरु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित