शनिबार, २ मंसिर २०७४
DainikNepal.com
शनिबार, २ मंसिर २०७४

निर्वाचनमा बालअधिकार हुननबारे अनुगमन गरिने

दैनिक नेपाल २०७४ वैशाख ८ गते १७:५०

मीना बुढाथोकी काठमाडौं, ८ सल्यान । स्थानीय तहको निर्वाचनका क्रममा बालअधिकार हननका बिषयमा भएका घटनाहरुको अनुगमन गरिने भएको छ । निर्वाचन हुनुअघि, निर्वाचन भइरहेको समय र निर्वाचनपश्चात सल्यानमा के कस्ता बालअधिकार हननका घटना घटे भन्ने बिषयमा अनुगमन गरिने महिला तथा बालबालिका कार्यालय सल्यानका प्रमुख राजकुमारी राई जानकारी दिइन् ।

उनले निर्वाचनका समयमा बालबालिकालाई राजनीतिक दल वा उम्मेदवारले जुलुस, र्याली, प्रचारप्रसार गर्ने, पर्चा, पोष्टर टाँस्ने लगायतका कार्यमा संलग्न गराउन नपाईने बताइन् । यस्तै, बिद्यालय क्षेत्र भित्र आमसभा, माईकिङ, बिद्यालय पर्खाल तथा भित्ताहरुमा कुनै पनि पर्चा, पोष्टर टाँस्न पाइने छैन ।

महिला तथा बालबालिका कार्यालय प्रमुख राईले निर्वाचनका दिनमा बालबालिकालाई मतदाताको रुपमा प्रयोग गर्ने, निर्वाचन चिह्न, दल, राजनीतिक समूह आदिको संकेत अंकित टिसर्ट, टोपी, स्टीकर टाँस गरी परिचालन गर्न पनि नपाइने बताइन् ।

यसैबीच बालअधिकार हनन्का बिषयमा अनुगमन गर्नको लागि जिल्लास्तरीय स्थानीय निर्वाचन बाल अधिकार अनुगमन समूह गठन गरिएको छ । जिल्ला बाल कल्याण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीको अध्यक्षतामा आज बसेको बैठकले पाँच सदस्यीय अनुगमण समूह गठन गरेको हो ।

जसमा महिला तथा बालबालिका कार्यालय सल्यान संयोजक रहेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय सल्यान, जिल्ला शिक्षा कार्यालय सल्यान, दलित बिकास समाज सल्यान र नेपाल पत्रकार महासंघ सल्यान (रेडियो राप्ती, रेडियो शारदा, रेडियो कपुरकोट, रेडियो तहल्का) रहेका छन् ।
सो समुहले केन्द्रीय बाल कल्याण समितिबाट प्राप्त भएको स्थानीय तह निर्बाचन २०७४ मा बालअधिकार अनुगमन सम्बन्धी पुस्तीकाअनुसार जिल्लामा भएका घटनाका बिषयमा अनुगम गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित