बुधबार, १ कार्तिक २०७४
DainikNepal.com
बुधबार, १ कार्तिक २०७४

राप्रपाको आकस्मिक बैठकले मधेसबारे लियो यस्तो निर्णय, घोषणापत्र चाँडै

दैनिक नेपाल २०७४ वैशाख ८ गते १७:१६

काठमाडौं, ८ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैशाख ३१ गते हुने निर्वाचनमा आन्दोलनरत मधेस केन्द्रीत दलहरुलाई सहभागी हुने विश्वसनीय वातावरण बनाउनुपर्ने बताएका छन् ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज आकस्मिक रुपमा बसेको बैठकले मधेश केन्द्रीत दलहरुलाई निर्वाचनमा सहभागी गराउन सरकार, सत्तारुढ दल र प्रमुख पतिपक्ष दललाई आह्वान गरेको हो ।

राप्रपाले ऐतिहासिक स्थानीय तहको निर्वाचनको महत्वपूर्ण अभ्यासमा सबैको सहभागिता हुने पर्ने जनाएको छ । साथै लचकता प्रदर्शन गरेर भएपनि स्थानीय तहको निर्वाचनमा सहभागी हुन मधेश केन्द्रीत दलहरुलाई पनि अनुरोध गरेको छ ।

अध्यक्ष थापाबाट प्रस्तुत पार्टीको घोषणापत्रलाई बैठकले सैद्धान्तिक सहमति दिनुका साथै परिमार्जन सहित पारित गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै, अध्यक्ष थापाको अध्यक्षतामा केन्द्रीय कार्य सम्पादन समिति पनि गठन गर्ने निर्णय र्बैठकले गरेको छ । राप्रपाले बैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित